चिया खेतीमा झार मार्ने रासायनिक तत्व निषेध
2020-12-07 10:14:34CRI
Share with:

चिया खेतीमा झार मार्ने रासायनिक तत्व निषेध

हालै सार्वजनिक गरिएको ‘चीनको क्वीचौ प्रान्तमा चिया उद्योगको विकास नियम’ मा चिया खेतीमा विषालु किटाणु मार्ने र झार मार्ने रासायनिक तत्वको प्रयोग निषेध गरिएको छ। सो नियम सन् २०२१ को फेब्रअरी १ तारिखदेखि लागू हुँदै छ।

केही वर्षयता, क्वीचौ प्रान्तमा चिया खेतीको विकास द्रुत गतिले भइरहेको छ र चियापत्तीलाई प्राकृतिक रूपमै राख्न स्थानीय किसानहरूले चिया खेतीका क्रममा झार हातले नै हटाउन थालेका छन्। सो क्षेत्रमा चिया खेती स्थानीय किसानहरू धनी बन्ने विशेषतायुक्त र पर्यावरणीय उपाय बनेको छ।