पेशागत सहकारीमार्फत् तिब्बतका ५.३लाख किसान पशुपालक गरिबी मुक्त
2020-12-08 14:58:55CRI
Share with:

पेशागत सहकारीमार्फत् तिब्बतका ५.३लाख किसान पशुपालक गरिबी मुक्त

हिमालयको उत्तरी क्षेत्रमा अवस्थित चीनको तिब्बतमा कृषि तथा पशुपालन क्षेत्रमा संलग्न मानिसहरू मुख्यतया परिवार आधारित काम गर्ने गरेकाले उनीहरूको उत्पादन कम हुनुका साथै प्रतिस्पर्धात्मक क्षमता पनि कमजोर देखिन्छ र सिपको पनि अभाव छ। यसै अवस्था वमोजिम, तिब्बतमा गरिबी निवारण गर्दा किसान पशुपालकको पेशागत सहकारीमा केन्द्रित भएको छ। फरक ठाँउको फरक अवस्था अनुसार, रोपन उद्योग, कृषि र पशुपालन उत्पादन उद्योग, मसलन्द तथा यातायात उद्योग, जातीय हस्तकला उद्योग लगायत विशेषतायुक्त पेशागत सहकारीको गठन गरिएका छन्। ती पेशागत सहकारीहरूको विकासबाट सहकारीमा भाग लिएका किसान तथा पशुपालकहरूको पुरानो उत्पादन तरिकामा परिवर्तन गरिनुका साथै उनीहरू गरिबीबाट मुक्त भएर धनी बन्न सहयोग प्रदान गरिएको छ।

तिब्बत स्वायत्त प्रदेशीय कृषि ग्रामीण विभागको प्रतिवेदन अनुसार, सन् २०१९ को अन्तसम्म तिब्बतमा गठन भएका किसान तथा पशुपालकहरूको पेशागत सहकारीको संख्या १३,७२६ पुगेको छ जुन गत वर्षको सोही अवधिको तुलनामा ५८.८ प्रतिशतले वृद्धि भएको छ। सहकारीमा १,६४,७४९ परिवारका ५,३७,१५९ जना संलग्न छन्।  सन् २०२० को अघिल्ला ३ त्रैमासिक अवधिसम्म तिब्बतको ग्रामीण क्षेत्रमा रहेका बासिन्दाहरूको प्रतिव्यक्ति व्यययोग्य आय ९०३९ चिनियाँ युआन बराबर छ जुन गत वर्षको सोही अवधिको तुलनामा १२.२ प्रतिशतले वृद्भि भएको छ। यो वृद्धि दर सम्पूर्ण चीनको औसत वृद्धि दरभन्दा ६.४ प्रतिशतले बढी हो र सोही अवधिमा शहरीयाको आम्दानीको वृद्धि दरभन्दा २.४ प्रतिशतले बढी छ।