चिनियाँ राष्ट्राध्यक्ष सी र नेपाली समकक्षी भण्डारीद्वारा आपसी पत्रमार्फत् सगरमाथाको नयाँ उचाइ घोषणा
2020-12-08 18:12:38cri
Share with:

डिसेम्बर ८ तारिख चीनका राष्ट्राध्यक्ष सी चिनफिङ र नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीले आपसमा पत्राचार गर्दै सगरमाथाको उचाइको संयुक्त रूपमा घोषणा गर्नुभएको छ।

पत्रमा सी चिनफिङले गत वर्ष चीन र नेपालले संयुक्त रूपमा सगरमाथाको पछिल्लो उचाइको घोषणा गर्ने सहमति भएको भन्दै एक वर्षयता दुई देशले विभिन्न कठिन पार गरी बल्ल ग्लोबल एलिभेसन डाटा आधारित हिमले  ढाकिएको सगरमाथाको उचाइ निश्चित गरेको व्यक्त गर्नुभयो। राष्ट्रपति भण्डारीसँग चीन र नेपाल दुई देशको तर्फबाट विश्वसमक्ष सगरमाथाको पछिल्लो उचाइ ८८४८.८६ मिटर भएको घोषणा गर्न पाउँदा खुशी लागेको पनि सीले उल्लेख गर्नुभयो।

सीले सगरमाथा दुई देशबीच युगौँ युगदेखि मित्रताको महत्वपूर्ण प्रतीक भएको बताउँदै दुई देशले विश्वको शीर्ष शिखरको रूपमा रहेको सगरमाथालाई चीन र नेपालबीचको सीमा शिखर र चीन-नेपाल मितेरी शिखरको रूपमा ठानेको प्रकट गर्नुभयो। सगरमाथाको नयाँ उचाइको संयुक्त रूपमा घोषणा गर्नुमा समयको महत्व रहेको भन्दै सीले चीन-नेपाल सम्बन्ध दीगो विकासको उच्च स्तर पनि सम्पूर्ण रूपमा प्रतिबिम्बित भएको सीले उल्लेख गर्नुभयो। चीनले नेपालसँग मिलेर सगरमाथाको वातावरणीय संरक्षण र वैज्ञानिक अध्ययत तथा सहयोगलाई बढाएर दुई देशका जनताको साझा सम्पत्तिको रुपमा संरक्षण गर्ने इच्छा लिएको पनि सीले बताउनुभयो।

यस वर्ष चीन-नेपाल दौत्य सम्बन्ध स्थापनाको ६५ वर्षमा दुई पक्षको संयुक्त प्रयासमा दुई देशबीचको आपसी राजनीतिक विश्वास बढ्दै आएसँगै बेल्ट एन्ड रोडको संयुक्त रचना गर्न स्थिर रूपमा अघि सरेर हिमालयपार अन्तर्सम्बन्ध सञ्जाललाई पनि व्यवहारमा उतारिँदैछ भन्ने कुरामा राष्ट्राध्यक्ष सीले जोड दिनुभयो। चीन र नेपालले दुई देशबीच विकास तथा समृद्धि उन्मुख युगौँयुग मैत्रीपूर्ण रणनीतिक सहयोगसाझेदारी सम्बन्धलाई अरू विकास गरी चीन र नेपालबीच अझ घनिष्ठ भाग्य समुदायको रचना गरेर दुई देश र दुई देशका जनतालाई फाइदा पुर्याउनुपर्ने सीले दोहोर्याउनुभयो।

त्यसैगरी पत्रमा नेपालकी राष्ट्रपति भण्डारीले नेपाल र चीन असल छिमेकी, मित्र, साझेदार भन्दै आर्थिक विकास, अन्तर सम्पर्क, मानवीय सँस्कृति लगायत विभिन्न क्षेत्रमा दुई देशबीचको सहयोग र दुई देशको हितसँग अनुकूल रहेको व्यक्त गर्नुभयो। उहाँले सगरमाथा नेपाल-चीन परम्परागत मित्रताको दीर्घकालीन प्रतीक हो भन्दै हिमले छोपिएको सगरमाथाको पछिल्लो उचाइ ८८४८.८६ मिटर भएको घोषणा गर्दा आफूलाई निकै खुशी लागेको बताउनुभयो। भण्डारीले आज दुई पक्षले सगरमाथाको उचाइको संयुक्त रूपमा घोषणा गर्नुको ऐतिहासिक अर्थ रहेको भन्दै गत वर्ष राष्ट्राध्यक्ष सीले नेपालको राजकीय भ्रमण गरेबाट चीन-नेपाल सम्बन्ध र द्वीपक्षीय सहयोगलाई नयाँ अवधिमा पुर्याइएको पनि व्यक्त गर्नुभयो। दुई सरकारले भ्रमणका सहमतिलाई व्यवहारमा उतार्न प्रयास गरी आर्थिक र सामाजिक विकास तथा समृद्धिलाई संयुक्त रूपमा साकार तुल्याउनुपर्ने धारणा भण्डारीले राख्नुभयो।