छिआन् लिङ समाधिस्थलको अक्षरविहीन स्तम्भको कथा-1
2020-12-09 16:01:20cri
Share with:

छिआन् लिङ समाधिस्थलको अक्षरविहीन स्तम्भको कथा-1

चीनको पश्चिमी क्षेत्रको शान्सी अर्थात वल्लो शान्सी प्रान्तको वै ह नदीको उत्तरी भेगमा अवस्थित छिआन् लिन् समाधि चीनको दुइ हजार वर्ष भन्दा लामो सामन्ती इतिहासमा दुइजना सम्राटलाई एउटै समाधिमा गाडिएको एक मात्र समाधिस्थल हो। समाधिमा गाडिएका थाङ वंशका सम्राट लि ट र चाउ वंशका साम्राज्ञी उ च थिआन् दुइटा वंशका सम्राट थिए। साथै उनीहरु दम्पति पनि थिए। उ च थिआन् चीनको इतिहासमा एक मात्र महिला सम्राट थिइन। उनको जीवनमा धेरै अचम्मलाग्दा कथाहरु प्रचलित थिए। उनको निधनपछि समाधिमा एक ठूलो स्तम्भ खडा भएको थियो । तर स्तम्भमा एक अक्षर पनि कुंदिएको थिएन । त्यसैले त्यस स्तम्भलाई “अक्षररहित स्तम्भ ” भनिएको छ। हाल छिआन् लिङ समाधिलाई विश्व साँस्कृतिक सम्पदा सूचीमा उल्लेख गर्नका लागि निवेदन दिइंदैछ।

उ च थिआनको जन्म सन् 624मा भएको थियो। चौध वर्षको उमेरमा उनलाई राजदरबारमा भित्र्याइएको थियो र उनी थाङ वंशका दोस्रो पुस्ताका सम्राट थाङ थाइ चुङकी रखौटी थिइन। उ च थिआन दृढ स्वभावकी थिइन। त्यसै बेला थाङ थाइ चुङ सम्राटको एउटा भयंकर स्वभावको घोडा थियो र कसैले पनि त्यस घोडालाई वशमा ल्याउन सक्दैनथ्यो। उ च थिआन्ले थाङ थाइ चुंङलाई भनिन: “म यो घोडालाई वशमा ल्याउनसक्छु। तर त्यसका लागि फलामे कोर्रा र खुकुरी हुनुपर्छ। पहिले नै फलामे कोर्राद्बारा घोडालाई हिर्काउनुपर्छ, नियन्त्रण गर्न नसकेमा त्यसको टाउकोमा हिर्काउनुपर्छ। फेरि पनि काबूमा ल्याउन नसकिएमा खुकुरी लिएर त्यसको घाँटी काट्नुपर्छ”। यो कुरा सुनेर थाङ थाइ चुङ सम्राटलाई धेरै अचम्म लाग्यो। सम्राटको विचारमा रीतिरिवाज र प्रथा परायण एउटी रखौटी रानीले उक्त कुरा भन्नुहुँदैन। तर राजकुमार लि टले आफूभन्दा चार वर्ष जेठी उ च थिआनलाई मन पराएको थियो।

थाङ थाइ चुङको निधनपछि रीतिस्थिति अनुसार उ च थिआन् भिक्षुणी बनेकी थिइन। राजकुमार लि ट राजसिंहासनमा बसेर थाङ काउ चुङ नामका सम्राट बनेका थिए। लि ट सधैं उ च थिआनलाई याद गर्दथे। त्यति समय बित्दा नबित्दै सम्राट थाङ काउ चुङले उ च थिआनलाई राजदरबारमा ल्याए र उनलाई सम्माननीय रखौटी रानीको पद पनि दिए। तर उ च थिआनले भने महारानी बन्ने मनसाय लिएकिथिइन। उनको मनमा एक निष्ठुर दाउपेच सुझिरहेको थियो। थाङ काउ चुङकी वाङ थरकी महारानी पुत्रहिन थिइन। तर महारानी बच्चा पाउन निकै इच्छुक थिइन। एक दिनको कुरो थियोः महारानी वाङ उ च थिआन्की भर्खरै जन्मेकी छोरीलाई हेर्न गएकी थिइन। महारानी वाङ बाहिर निस्किने बित्तिकै उ च थिआन्ले आफ्नै कोखबाट जन्मेकी छोरीलाई घाँटी निमोठेर मारिन् र विछ्यौनाले छोपिदिइन। एक छिनपछि सम्राट थाङ काउ चुङ नानी हेर्न आए। नानी मरिसकेको देखेर सम्राट स्तव्ध भए। छेवैमा रहेकी उ च थिआन दुःखी भएर बेस्सरी रुँदारुँदै मूर्छा परेकीथिइन। सम्राटले भर्खरै को आएको थियो भनेर राजदरबारकी सुसारेलाई सोधे। सुसारेहरुले महारानी वाङ आएकी थिइन भनेर जवाफ दिएका थिए। काउ चुङले रिसले मुरमुरिदै महारानीले बच्चालाई मारेको भन्ने सोचे र त्यस बेलादेखि सम्राटले महारानी वाङप्रति ईबीको भावना साँचे। पछि गएर उ च थिआनले षडयन्त्र गरेर महारानी वाङलाई रानीको पदबाट हटाई आफूलाई महारानीको पदमा राखिदिन थाङ काउ चुङलाई हौस्याएकी थिइन।