बेइजिङमा "विज्ञानको गुणस्तर र विश्वव्यापी चुनौती" विषयक टिभी मञ्च
2020-12-09 14:19:27CRI
Share with:

डिसेम्बर ८ तारिख "विज्ञानको गुणस्तर र विश्वव्यापी चुनौती" विषयक टिभी मञ्च पैचिङमा आयोजित भएको छ। यो मञ्च चिनियाँ विज्ञान तथा प्रविधि संघ र चाइना मिडिया ग्रुपको सीजीटीएनद्वारा संयुक्त रूपमा आयोजना गरिएको हो।  नोबेल पुरस्कारका १० जना विजेता, विश्वका विज्ञान प्रतिष्ठान र चिनियाँ विज्ञान एकेडेमी तथा इन्जिनियरिङ चिनियाँ एकेडेमीबाट ३० जना प्राज्ञहरु, सामाजिक वैज्ञानिक संगठनबाट ३०० जना प्रतिनिधि र युवा वैज्ञानिकहरू  उक्त मार्चमा उपस्थित भएका छन्।

बेइजिङमा "विज्ञानको गुणस्तर र विश्वव्यापी चुनौती" विषयक टिभी मञ्च

यो मञ्च अनलाइन र अफलाइन तरिकाद्वारा आयोजित छ। यो मञ्च र विश्वव्यापी सार्वजनिक वैज्ञानिक गुणस्तरको प्रवर्द्धन सम्मेलनले विश्वव्यापी अन्तर्राष्ट्रिय संगठन र वैज्ञानिक तथा प्राविधिक आदानप्रदान मञ्चको निर्माण गरेको छ।

चाइना मिडिया ग्रुपका निर्देशक र प्रधान सम्पादक शन हाईस्यौङले सम्बोधन गर्दै भू-राजनीतिको प्रभावमा अहिले विश्वका सामु वैज्ञानिक विषयको राजनीतिकरण जस्ता विभिन्न जटिल र गम्भीर चुनौती देखा परेको बताउनुभएको छ। मानवजातिले विज्ञानमा अझ बढी सहकार्य गर्न आवश्यक छ। चाइना मिडिया ग्रुपले विज्ञान सामग्रीको प्रभावकारी प्रसार गरेर पूरै मानवजातिको वैज्ञानिक गुणस्तरको सुधार गर्न अझ बढी योगदान दिनेछ।

बेइजिङमा "विज्ञानको गुणस्तर र विश्वव्यापी चुनौती" विषयक टिभी मञ्च

चिनियाँ विज्ञान तथा प्रविधि संघका कार्यकारी उपाध्यक्ष ह्वाइ चिनपेङले सम्बोधन गर्दा सार्वजनिक वैज्ञानिक गुणस्तर नै राम्रो विश्वव्यापी शासनको सामाजिक आधार रहेको औँल्याउनु भएको छ।

बेइजिङमा "विज्ञानको गुणस्तर र विश्वव्यापी चुनौती" विषयक टिभी मञ्च

"गणतन्त्रको पदक"का विजेता एवं चिनियाँ इन्जिनियरिङ एकेडेमीका वैज्ञानिक चोङ नानशानले कोभिड-१९ महाकारीको रोकथाम तथा नियन्त्रण र भाइरसको अनुसन्धानबारे मन्तव्य  दिनु भएको छ।

बेइजिङमा "विज्ञानको गुणस्तर र विश्वव्यापी चुनौती" विषयक टिभी मञ्च

उक्त मञ्चको अवसरमा चाइना मिडिया ग्रुपअन्तर्गत सीजीटीएन थिंक ट्याङ्क र चिनियाँ विज्ञान तथा प्रविधि संघअन्तर्गत  चिनियाँ विज्ञान तथा प्रविधि केन्द्रले संयुक्त रुपमा "ऐनाको रूपमा महामारीका सामु विज्ञान कति महत्त्वपूर्ण छ? " शीर्षकको प्रतिवेदनको सार्वजनिक गरेका छन्।   र्‍यान्डी डब्ल्यू. माइकल कोस्टरलिट्ज र माइकल लेविट्टलगायत नोबेल पुरस्कारका १० जना विजेताहरूले गम्भीर सार्वजनिक संकट र नागरिकको वैज्ञानिक गुणस्तरको सुधार, युवकको वैज्ञानिक रुचि विकास आदि विषयबारे आ-आफ्ना धारणा व्यक्त गर्नुभयो।