नेपाललाई कृषि, चिकित्सा तथा स्वास्थ्य प्रणालीको मूल्यवान अनुभव सिक्न चीनमा स्वागत
2020-12-10 09:16:01cri
Share with:

नेपाललाई कृषि, चिकित्सा तथा स्वास्थ्य प्रणालीको मूल्यवान अनुभव सिक्न चीनमा स्वागत

चीन ठूलो कृषिप्रधान राष्ट्र हो। त्यसैले चीनले कृषि, चिकित्सा तथा स्वास्थ्य प्रणाली अवधारणा अघि सारेको छ र यो समस्त कृषकको खास हितबीच घनिष्ट सम्बन्ध रहेको छ। त्यसैले कृषि, चिकित्सा तथा स्वास्थ्य प्रणाली नै कृषकको सुखमय जीवन, सामाजिक मेलमिलापको एक आधार मात्र नभइ गरिबी निवारण र सम्पन्न समाजलाई पूरा गर्ने एक महत्वपूर्ण प्रणाली हो। नयाँ चीन स्थापना भएदेखि चीनको ग्रामीण क्षेत्रमा आधारभूत चिकित्सा प्रत्याभूति प्रणाली शून्यबाट छ प्रतिशतमा बढेर क्रमशः सुधारिँदै आएको छ। सन् २०१९ को अन्तसम्म आधारभूत चिकित्सा बीमामा भाग लिने चिनियाँहरुको जनसंख्या १अर्ब ३५ करोड पुगेको छ। जसबाट सबै शहर र ग्रामीण बासिन्दालाई चिकित्सा बीमा प्रणालीमा राख्ने लक्ष्य आधारभूत रुपमा पूरा भएको छ।