उपभोगबाट तिब्बतमा गरिबी निवारण
2020-12-11 08:54:08CRI
Share with:

उपभोगबाट तिब्बतमा गरिबी निवारण

उपभोगबाट गरिबी निवारणको समर्थन गरेयता, तिब्बतमा दर्ता गरिएका गरिबी निवारण उत्पादन वस्तुको संख्या १८५ वटा पुगेका छन्। साथै ती उत्पादन वस्तुमा संलग्न रकम १० करोड चिनियाँ युआन पुगेको छ। यसै क्रममा तिब्बतका उच्च गुणस्तरिय उत्पादित वस्तुहरू र स्थानीय विशेषतायुक्त उत्पादन इन्टर्नेटमार्फत् पैचिङ, शाङहाइ, क्वाङतुङ प्रान्त, चच्याङ प्रान्त आदि क्षेत्रका उपभोक्ताहरूको हातसम्म पुगेका छन् र लोकप्रिय बनिरहेका छन्।

चालू वर्षको अप्रिल महिनामा तिब्बतको नाछ्यु शहरका उप जिल्ला प्रमुख वाङ च्युनछ्याङले इन्टर्नेटमार्फत् तिब्बती उत्पादनको प्रवर्द्धन गरेका थिए। प्रत्यक्ष प्रसारणको क्रममा २ घण्टामै अनलाइन र अफलाइनबाट १२०० बढीको अर्डर पाइएको थियो। ती अर्डरमा संलग्न रकम २ लाख चिनियाँ युआन पुगेको थियो। समुद्र सतहदेखि ४८०० मिटरको उचाइको चौंरीको मासुको विक्री निकै राम्रो भएर तिब्बतको सो गरिब जिल्लाले इन्टरनेट अर्थतन्त्रको बीउ रोपेको छ।

तिब्बतको चियापत्ती, मिनरल वाटर, जौ, चौंरीको मासु, अंगुरको रक्सी, स्याउजस्ता उत्पादित वस्तुहरू उपभोगको मञ्चमार्फत् तिब्बत बाहिर जान थालिएको हो। जसबाट तिब्बतको कृषि तथा पशुपालन उद्योगको आधुनिकिकरणलाई गतिशील बनाउनुका साथै व्यापक रूपमा किसान तथा पशुपालकहरूको जीवन राम्रो बनाउने वातावरण पनि सिर्जना भएको छ।