#आँखीझ्याल# नरकटको गुन्द्री बुनेर तीन हजार किसान परिवार धनी
2020-12-11 16:09:18cri
Share with:

#आँखीझ्याल# नरकटको गुन्द्री बुनेर तीन हजार किसान परिवार धनी

“गत वर्ष मैले नरकट बुन्ने काममा निर्भर रही दश हजार चिनियाँ युआन कमाएको थिएँ। चिकित्सा खर्च र जीवन खर्च धान्न सकिएको थियो। मैले नरकटको ढुवानी गर्न एउटा गाडी पनि किनेँ।” चीनको है लुङ च्याङ प्रान्तीय छि छि हा अर शहरको फु यु जिल्लाको श्याउ ह तोङ गाउँका वासिन्दा लिउ छुन व्हाले उक्त कुरा बताए।

सन् २०१८यता फु यु जिल्लाले प्रशस्त नरकट श्रोत-साधनमा नरकटको बुनाई व्यवसायको विकास गरेको छ भने तीन हजार परिवारलाई हरेक वर्ष औसतमा पाँच हजार चिनियाँ युआनले वृद्धि ल्याएको छ। ती परिवारमध्ये ९८० गरिब परिवार छन्।

सन् २०१७ मा छन द चुङलाई श्याउ ह तोङ गाउँमा जिम्मेवारी सम्हाल्न पठाइएको थियो। त्यस अवधिमा गाउँका ८८ वटा परिवारका १७८ जना गरिब वासिन्दा थिए। प्रायजसो वासिन्दा विरामी र अपांग थिए। उनीहरू श्रम गर्न सक्दैनथिए। छन द चुङले जिल्लाका अधिकारीहरूसँग तीन पटक शान तुङ प्रान्तको निरीक्षण गर्नुभयो। जिल्लाले नरकट बुन्ने मेशिन खरीद गरी आफ्नो गाउँका वासिन्दालाई निःशूल्क वितरण गरेको थियो। श्याउ ह तोङ गाउँ फु यु जिल्लाका दुई वटा परीक्षात्मक गाउँमध्येको एक हो।