तुर्कमेनिस्तानले स्थायी तटस्थता पाएको २५औं वार्षिकोत्सवमा चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङको बधाइ सन्देश
2020-12-12 16:45:49cri
Share with:

डिसेम्बर १२ तारिख चीनका राष्ट्राध्यक्ष सी चिनफिङले तुर्कमेनिस्तानका राष्ट्रपति गुर्बाङ्गुली बेर्डिमुखामेदेभ दम्पतिलाई बधाइ सन्देश पठाएर तुर्कमेनिस्तान स्थायी असंलग्नताको २५ औं वार्षिकोत्सवका अवसरमा शुभकामना ज्ञापन गर्नुभएको छ।

राष्ट्राध्यक्ष सी चिनफिङले तुर्कमेनिस्तानले स्थायी तटस्थता पाएयता विश्वका विभिन्न मुलुकसँग मैत्रीपूर्ण सहयोगी सम्बन्धको सक्रिय रूपमा विकास गरी विश्व तथा क्षेत्रीय शान्ति तथा स्थिरताको संरक्षण गर्न महत्वपूर्ण योगदान गरेको उल्लेख गर्नुभयो।

चीन-तुर्कमेनिस्तान सम्बन्धमा आफूले उच्च ध्यान दिनुका साथै राष्ट्रपति दम्पतिसँग चीन- तुर्कमेनिस्तान रणनीतिक साझेदारी सम्बन्धलाई अघि बढाउने इच्छा लिएको पनि सीले बताउनुभयो।