कम्युनिष्ट पार्टी बाहिरका व्यक्तिहरूले एक राम्रो सल्लाहकार, राम्रो सहयोगी बनेर राजनीतिक जिम्मेवारी वहन गर्नसक्ने राष्ट्राध्यक्ष सी चिन फिङको आशा
2020-12-12 16:42:40cri
Share with:

डिसेम्बर ८ तारिख चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिका महासचिव सी चिनफिङ पार्टीबाहिरका व्यक्तिहरूको देशको आर्थिक कार्यको बारेमा राय र सुझावहरू लिनुभएको थियो। उहाँले अर्को वर्ष चीनको आधुनिकीकरण अभियानको क्रममा महत्वपूर्ण वर्ष हुने र आर्थिक काम राम्रोसँग गर्नु ठूलो महत्वको हुने औंल्याउनुभयो।

सोही दिन चीनको कम्युनिष्ट पार्टीको केन्द्रीय समितिले चोङनानहाइमा पार्टी बाहिरका व्यक्तिहरू सम्बन्धित एउटा गोष्ठीको आयोजना गरेको थियो। गोष्ठीमा कम्युनिष्ट पार्टी बाहिरका व्यक्तिहरूले एक राम्रो सल्लाहकार, राम्रो सहयोगी बनेर राजनीतिक जिम्मेवारी वहन गर्नसक्ने आशा राष्ट्राध्यक्ष सीले व्यक्त गर्नुभयो।