चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङद्वारा जलवायु अपेक्षा शिखर सम्मेलनलाई सम्बोधन
2020-12-13 17:26:54cri
Share with:

चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङद्वारा जलवायु अपेक्षा शिखर सम्मेलनलाई सम्बोधन

१२ तारिख चीनका राष्ट्राध्यक्ष सी चिनफिङले जलवायु अपेक्षा शिखर सम्मेलनमा भिडियो मार्फत् "जलवायु परिवर्तनको सम्बन्धमा विश्व प्रतिक्रियाको नयाँ यात्राको उद्घाटन" शीर्षकको महत्वपूर्ण सम्बोधन गर्नुभएको छ।

राष्ट्राध्यक्ष सीले सहयोगको नयाँ परिस्थिति सिर्जना गर्ने र विन-विन जलवायु शासनको निर्माण गर्ने, जलवायु प्रशासनको नयाँ प्रणाली निर्माण गर्ने, हरित पुनर्वहाली मौसम प्रशासनको नयाँ सोचलाई पछ्याउने र चीनले श्रृंखलावद्ध नयाँ उपायहरूको घोषणा गर्ने प्रस्ताव गर्नुभयो।

पाँच वर्ष अघि जलवायु परिवर्तनको सामना गर्नका लागि विभिन्न देशका नेताहरूले सबैभन्दा ठूलो राजनीतिक दृढ संकल्प र विवेक प्रयोग गर्दै “पेरिस सम्झौता”मा हस्ताक्षर गरेको बताउँदै उहाँले ५ वर्षदेखि "पेरिस सम्झौता" कार्यान्वयन चरणमा प्रवेश गरेको उल्लेख गर्नुभयो। अन्तर्राष्ट्रिय समुदायबाट व्यापक समर्थन र सहभागिता प्राप्त भएकोमा पनि राष्ट्राध्यक्ष सीले जोड दिनुभयो।

राष्ट्राध्यक्ष सीले चीनले “पेरिस सम्झौता” हस्ताक्षरमा महत्वपूर्ण योगदान पुर्‍याएको सुनाउँदै “पेरिस सम्झौता” कार्यान्वयनको सक्रिय अभ्यासमा जोड दिनुभयो। उहाँले भविष्यमा जलवायु परिवर्तनप्रति विश्वव्यापी प्रतिक्रियामा चीनले अझ बढी योगदान पुर्‍याउने कुरामा जोड दिनुभयो।