मानवीय गरिबी निवारण अनुभव अन्तर्राष्ट्रिय मञ्चलाई सीको शुभकामना सन्देश
2020-12-14 20:11:22cri
Share with:

मानवीय गरिबी निवारण अनुभव अन्तर्राष्ट्रिय मञ्च डिसेम्बर १४ तारिख पैचिङमा शुरू भएको छ। चीनका राष्ट्राध्यक्ष सी चिनफिङले सो मञ्चलाई शुभकामना सन्देश पठाउनुभएको छ।

शुभकामना सन्देशमा राष्ट्राध्यक्ष सीले गरिबी उन्मुलन मानवजातिको साझा आदर्श रहेको र चिनियाँ कम्युनिष्ट पार्टी तथा चीन सरकारले यसका लागि दीर्घकालीन प्रयास गरेको औंल्याउनुभएको छ। ८ वर्षको अथक प्रयासपछि चालू वर्षमा चीनमा लागू भएको मापदण्डमा ग्रामीण क्षेत्रका गरिब जनसंख्या सबै गरिबमुक्त भएका छन्। जसबाट विश्वको गरिबी निवारण महाकार्यको लागि महत्वपूर्ण योगदान दिएको छ। चीनले निरन्तर रूपमा संयुक्त रूमा धनी बनाउन प्रयास गर्दै जनताको हित-कल्याणको स्तरलाई उकास्दै जानेछ।

हाल महामारी विश्वमा फैलिरहेको कारणले गरिबी निवारणसामु गम्भीर चुनौती देखा परेका छन्। चीनले विभिन्न मुलुकसँगै मिलेर अन्तर्राष्ट्रिय क्षेत्रमा गरिबी निवारण प्रक्रियालाई अघि बढाउँदै मानवजातिको संयुक्त भाग्य समुदायको निर्माण गर्दै जाने पुष्टि पनि राष्ट्राध्यक्ष सीले गर्नुभएको छ।