इजिप्टद्वारा प्राचीन कालका ३१ वटा चिनियाँ सिक्का फिर्ता
2020-12-14 18:00:28cr
Share with:

इजिप्टद्वारा प्राचीन कालका ३१ वटा चिनियाँ सिक्का फिर्ता

इजिप्टको पर्यटन तथा पूरातात्विक सम्पदा मन्त्रालयले नोभेम्बर १७ तारिखका दिन चीनलाई प्राचीन कालका ३१ वटा चिनियाँ सिक्का फिर्ता समारोहको आयोजना गरेको थियो। यी चिनियाँ सिक्काहरु केही वर्षयता इजिप्ट सरकारले चीनलाई फिर्ता दिएको दोस्रो खेपको पूरातात्विक सम्पदा हो। चीनको पश्चिमी हान कालमा बनाइएको सिक्का ती सिक्काहरुमध्ये सबैभन्दा पुरानो हो।

 

पूरातात्विक सम्पदा फिर्ता दिने समारोह इजिप्टको राजधानी काइरोमा अवस्थित काइरो राष्ट्रिय सङ्ग्रहालयमा आयोजना गरिएको थियो। सो समारोहमा तस्करी गरी भारत तथा साउदी अरेबियामा पुर्याइएका केही पूरातात्विक सम्पदाहरु पनि एकै साथ चीनलाई फिर्ता दिइएको थियो। इजिप्टका पर्यटन तथा पूरातात्विक सम्पदा मन्त्री खालेद एल अनानिले इजिप्टका लागि चिनियाँ राजदूत ल्याउ ली छ्याङलाई उक्त समारोहमा सन् २०१९ को प्रारम्भमा इजिप्टमा फेला पारिएका यी ३१ वटा चिनियाँ सिक्का हस्तान्तरण गर्नुभएको हो।