चीन र सोमालियाका राष्ट्रनायक बीच बधाइ सन्देश आदानप्रदान
2020-12-14 18:47:30CRI
Share with:

डिसेम्बर १४ तारिख चीन र सोमालिया बीच दौत्य सम्बन्ध स्थापित भएको ६० औं वार्षिकोत्सव हो। सो अवसरमा चीनका राष्ट्राध्यक्ष सी चिनफिङ र सोमालियाका राष्ट्रपति मोहमेद अब्दुलाह मोहामेद बीच बधाइ सन्देश आदानप्रदान भएको छ।

बधाइ सन्देशमा राष्ट्राध्यक्ष सीले दौत्य सम्बन्ध स्थापना भएको ६० औं वार्षिकोत्सवका अवसरमा दुवै पक्षले चीन-अफ्रिका सहयोग मञ्चको पैचिङ शिखर सम्मेलन तथा चीन अफ्रिका एकताबद्ध महामारी प्रतिरोध शिखर सम्मेलनको उपलब्धिको कार्यन्वयनमा महत्व दिँदै जाने पुष्टि गर्नुभएको छ। साथै उहाँले बेल्ट एण्ड रोड सहयोगको प्रवर्द्धन गर्दै दुई देश र दुई देशका जनताको हित कल्याण सिर्जना गर्ने आशा पनि व्यक्त गर्नुभएको छ।

बधाइ सन्देशमा सोमालियाका राष्ट्रपति मोहमेदले राष्ट्राध्यक्ष सीसँगको घनिष्ट सहयोग गर्दै आपसी मैत्रीपूर्ण सहयोगलाई विस्तार गरेर दुई देश र दुई देशका जनताको हित कल्याण थप्दै जाने इच्छा पनि प्रकट गर्नुभएको छ।