छिआन् लिङ समाधिस्थलको अक्षरविहीन स्तम्भको कथा-2
2020-12-16 10:44:16cri
Share with:

छिआन् लिङ समाधिस्थलको अक्षरविहीन स्तम्भको कथा-2

उ च थिआनले महारानीको पद पाएपछि महिलाले शासन सत्तामा सहभागी हुन नसक्ने परम्पराको वास्तै नगरी राजकीय कामकाजमा हात हाल्नथालिन। उ च थिआनले विस्तारै-विस्तारै सम्राट लि टलाई पनि त्यति महत्व दिन छाडिन। पछि गएर सम्राट थाङ काउ चुङ अर्थात लि टले बाध्य भएर राजवंशका महत्वपूर्ण कामहरु पनि उ च थिआनलाई सुम्पिदिए। भारादारहरुले उ च थिआन र थाङ काउ चुङ दुबैलाई “दुइजना महासम्राट ” भन्ठाने।

थाङ काउ चुङको स्वर्गारोहणपछि उ च थिआनले एकलौटी निरंकुश शासन चलाएकी थिइन। उनले थाङ वंशका दुइजना सम्राटलाई पदच्युत गरिदिएकी थिइन। यति मात्र नभई 67 वर्षको उमेरमा उ च थिआनले थाङ वंशको नाम बदलेर चाउ राजवंशको नाम दिएकी थिइन र आफूलाई औपचारिक रुपमा साम्राज्ञी धोषित गरी चीनको इतिहासमा प्रथम र अन्तिम साम्राज्ञी बन्नुका साथै चीनको इतिहासमा सबैभन्दा बढी उमेरमा राजसिंहासनमा बस्ने शासक बनेकी थिइन।