चीनद्वारा विश्वको कम कार्बन विकासका लागि योगदान
2020-12-17 16:00:06cri
Share with:

चीनद्वारा विश्वको कम कार्बन विकासका लागि योगदान

पाँच वर्षअघि संयुक्त राष्ट्र संघीय जलवायु परिवर्तन पेरिस बैठकले 《पेरिस सम्झौता》पारित गर्दै जलवायु परिवर्तनको सामना गर्ने विश्वव्यापी नयाँ चरण शुरु गरेको छ। पाँच वर्षयता चीनले नवीनता,समन्वय,हरित,खुला,संयुक्त उपभोग्य भन्ने विकास विचारधारालाई द्दढ कायम राख्दै सक्रिय रुपमा अन्तर्राष्ट्रिय जिम्मेवारीबोध गर्दै हरित कम कार्बनको विकासमा प्रचुर उपलब्धि हासिल गरेको देखिन्छ। जसबाट सारा विश्वको हरित विकासको एक नमूना बनेको छ।

“हरित”नै चीनको कम कार्बन विकासको आधारभूत विचारधारा हो।“तेह्रौं पञ्च वर्षिय”अवधिमा राष्ट्राध्यक्ष सी चिनफिङद्वारा प्रस्तुत “हरियो पानी तथा पहाड सुन र चाँदीका पहाड”भन्ने विचारको निर्देशनमा चीनले प्रदूषणको प्रतिरोध तथा व्यवस्थापनलाई शक्तिशाली प्रवर्द्धन गरेको छ। वातावरण स्पष्ट सुधारिँदै गएको छ।“प्रकृतिलाई सम्मान गर्नु,प्रकृतिको संरक्षण गर्नु र प्रकृतिको अनुसरण गर्नु”भन्ने पर्यावरणीय विचार चीनमै व्यापक रुपमा स्वीकृत गरिएको छ। जसले चीनको कम कार्बनको विकासका लागि असल आधार सिर्जना गर्न सकेको छ।