चन्द्रमाको सफल सर्वेक्षणप्रति सी चिनफिङद्वारा शुभकामना सन्देश
2020-12-17 14:21:40cri
Share with:

चन्द्रमाको सफल सर्वेक्षणप्रति सी चिनफिङद्वारा शुभकामना सन्देश

डिसेम्बर १७ तारिख १ बजेर ५९ मिनेट जाँदा छाङ हो ५ नम्बरको यान चन्द्रमाबाट सङ्कलन गरेको वस्तु बोकेर भित्री मङ्गोलियाको सचवाङछीको निर्धारित क्षेत्रमा सफलताका साथ अवतरण गरेको छ। योसँगै चन्द्रमाको सर्वेक्षण परियोजना सम्बन्धी छाङ हो ५ नम्बरको कार्यभार सफलताका साथ सम्पन्न भएको छ। चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव, राष्ट्राध्यक्ष एवम् केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी चिनफिङले शुभकामना सन्देश पठाउँदै चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समिति, राज्य परिषद् र केन्द्रीय सैन्य आयोगको तर्फबाट चन्द्रमाको सर्वेक्षण परियोजनाको निर्देशनालय र त्यस कार्यभारमा सहभागी सम्पूर्ण कर्मचारीलाई हार्दिक बधाई र अभिवादन व्यक्त गर्नुभएको छ।

चन्द्रमाको सफल सर्वेक्षणप्रति सी चिनफिङद्वारा शुभकामना सन्देश

अन्तरिक्षको सर्वेक्षण गर्ने मानव जातिको पाइला कहिल्यै पनि रोकिँदैन भन्दै राष्ट्राध्यक्ष सीले मानव जातिले शान्तिपूर्ण रुपमा अन्तरिक्षको सदुपयोग गर्नुका साथै मानव जाति भाग्यको एकरुपताको निर्माण प्रक्रियालाई अघि बढाउनका लागि अझ बढी योगदान गर्दै जाने प्रेरणा पनि दिनुभएको छ।

चन्द्रमाको सफल सर्वेक्षणप्रति सी चिनफिङद्वारा शुभकामना सन्देश