पैचिङमा चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको आर्थिक कार्य बैठक
2020-12-18 20:57:06CRI
Share with:

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको आर्थिक कार्य बैठक डिसेम्बर १६ देखि १८ तारिखसम्म पैचिङमा आयोजना भएको छ। पार्टीका महासचिव, राष्ट्राध्यक्ष एवं केन्द्रीय सैन्य आयोगका अध्याक्ष सी चिनफिङले उक्त बैठकमा महत्वपूर्ण सम्बोधन गर्नुभएको छ।

चालु वर्ष नयाँ चीनको इतिहासमा ज्यादै असामान्य वर्ष सावित भएको उहाँले सम्बोधनका क्रममा उल्लेख गर्नुभयो। जटिल अन्तर्राष्ट्रिय परिस्थिति, सुधार, विकास तथा स्थिरतासम्बन्धी कठिन कार्यभार, विशेष गरी कोभिड-१९ महामारीको प्रभावका सामु चीनको तेह्रौं पञ्चवर्षीय योजनाको मुख्य लक्ष्य पूरा गरेर आर्थिक, वैज्ञानिक तथा प्राविधिक र राष्ट्रिय शक्ति र जनजीवन नयाँ उचाइमा पुर्‍याएको उहाँले बताउनुभयो।

महामारीबाट भएको परिवर्तन र बाह्य वातावरणमा धेरै अनिश्चितता हुनुका साथै चिनियाँ अर्थतन्त्रको पुनउत्सानको आधार त्यति दृढ नभएको मूल्याङ्कन उक्त बैठकले गरेको छ। आगामी वर्ष चीनले समग्र नीतिलाई निरन्तरता दिँदै  स्थिर र दिगो विकासलाई कायम राख्नेछ।  

सो बैठकले आउने वर्षको लागि मुख्य कार्यहरू पनि तोकेको छ।

एक, राष्ट्रिय रणनैतिक बैज्ञानिक शक्तिलाई बलियो पार्ने।

दुई, औद्योगिक शृङ्खलाको आपूर्तिको आत्म नियन्त्रण क्षमता प्रवर्द्धन गर्ने।

तीन, आन्तरिक मागको विस्तार गर्ने रनणीति कायम राख्ने।

चार, आगामी वर्ष चीनले सुधार तथा खुलापनलाई चौतर्फी रुपमा अगाडि बढाउने, राष्ट्रिय स्वामित्वयुक्त उद्योग-व्यवसाय सुधारको तीन वर्षीय कारवाहीलाई गहिरो रुपमा कार्यान्वयन गर्ने, निजी अर्थतन्त्रको विकास वातावरणलाई सुव्यवस्थित पार्ने, निष्पक्ष प्रतिस्पर्धालाई बढाउने र बौद्धिक सम्पदा अधिकारको संरक्षण गर्नेछ। साथै चीनले ट्रान्स प्रशान्त साझेदारी सम्बन्धको चौतर्फी तथा प्रगति सम्झौतामा संलग्न हुने विचार गर्दै अन्तर्राष्ट्रिय परिचित नियमबमोजिम राष्ट्रिय सुरक्षाको संरक्षण गर्ने।

पाँच, चीनले बिउ र खेतीयोग्य जमीन समस्याको समाधान गर्ने। चीनले राष्ट्रिय अन्नबाली सुरक्षा व्यवसाय पेटीको निर्माण गर्ने, अन्नबाली र महत्वपूर्ण कृषि उपजको आपूति प्रत्याभूति क्षमतालाई उकास्ने ।

छ, एकाधिकारको विरोध गर्दै अनुशासनहिन पूँजीलाई नियन्त्रण गर्ने।

सात, ठूला शहरमा देखा परेका टड्कारो बसोबास समस्याको समाधान गर्ने।

आठ, कार्बनडाइअक्साइटको निष्काशन शिखरमा पुर्‍याएर यसलाई सून्य बनाउने।

केही पुस्ताको अथक प्रयासमा चीनमा सम्पन्न समाजको निर्माण पूरा हुनेछ। यो नै नयाँ जीवनको शुरूआत हो र निरन्तर अघि बढ्ने कोशिश पनि हो।