फ्रान्सेली राष्ट्रपतिलाई चिनियाँ राष्ट्राध्यक्षको सान्त्वना सन्देश
2020-12-18 17:13:22CRI
Share with:

फ्रान्सेली राष्ट्रपति एम्यानुएल म्याक्रोनलाई कोरोना भाइरस जाँच गर्दा सकारात्मक नतिजा आएको छ। उहाँलाई कोरोना संक्रमण पुष्टि भएपछि डिसेम्बर १८ तारिख चीनका राष्ट्राध्यक्ष सी चिनफिङले सान्त्वना सन्देश पठाउनुभएको छ। सन्देशमा म्याक्रोनको स्वास्थ्य चाँडै ठीक होस् भन्ने कामना पनि सीले व्यक्त गर्नुभएको छ। उहाँले चीन सरकार तथा चिनियाँ जनताको तर्फबाट फ्रान्सेली सरकार तथा जनतालाई महामारी प्रतिरोधको दृढ समर्थन पनि दिनुभएको छ।

चीनले फ्रान्ससँगै मिलेर महामारी प्रतिरोध सहयोगलाई अघि बढाउँदै विश्वमा महामारीलाई चाँडै जित्नको लागि योगदान दिँदै जाने इच्छा पनि लिएको कुरा सीले सन्देशमा उल्लेख गर्नुभएको छ।