#आँखीझ्याल# क्वै चौ प्रान्तीय फिङ थाङ जिल्ला गरिबीबाट मुक्त हुनुका साथै समृद्धिको बाटोमा लम्किएक
2020-12-18 20:22:02cri
Share with:

#आँखीझ्याल# क्वै चौ प्रान्तीय फिङ थाङ जिल्ला गरिबीबाट मुक्त हुनुका साथै समृद्धिको बाटोमा लम्किएक

चीनको क्वै चौ प्रान्तीय फिङ थाङ जिल्लासँग धेरै मानिसहरू परिचित छैनन्। हाल गरिबी निवारण कारवाहीमा फिङ थाङ जिल्लाले दूरदृष्टी राखेर गरिबीबाट मुक्त हुनुका साथै धनी र समृद्ध बन्ने बाटोतर्फ लम्केको छ।

क्वै चौ प्रान्तीय फिङ थाङ जिल्लाको खा फु माउ नान बस्तीको याङ ह गाउँका वासिन्दा श भै स्याङ र उनकी श्रीमतीले पाँच मू अर्थात् ०.३३ हेक्टरको खेतीयोग्य जमीनमा खुर्सानी रोपेका थिए। दुई महिनाको समयमा यो जोडीले खुर्सानी भित्र्याएका छन्। श भै स्याङकाअनुसार, उनले अर्डरअनुसार रोपेका हुन् र विक्रीको चिन्ता लिनुपर्दैन। सन् २०१७ मा खा फु माउ नान बस्तीले छिआन नान जातीय नोर्मल विश्वविद्यालयसँग सम्झौतामा हस्ताक्षर गरी “विद्यालय र किसानलाई जोड्ने” ढाँचाको अन्वेषण गरेको थियो। स्थानीय किसानले विद्यालयको अर्डरबमोजिम उत्पादन गर्ने गरेका छन्। किसानले उत्पादन गर्ने र विद्यालयले विक्री जिम्मा लिने ढाँचा साकार भएको छ।