घानाका नव निर्वाचित राष्ट्रपतिलाई चीनका राष्ट्राध्यक्षद्वारा बधाइ
2020-12-20 17:27:45CRI
Share with:

नान अकुफु अदो गणतन्त्र घानाका नव निर्वाचित राष्ट्रपति बन्नुभएकोमा चीनका राष्ट्राध्यक्ष सी चिनफिङले उहाँलाई बधाइ सन्देश पठाउनुभएको छ।

सन्देशमा राष्ट्राध्यक्ष सीले बितेका वर्षहरूमा चीन र घाना बीचको सम्बन्ध द्रुत गतिले विकसित भइरहेको र विभिन्न क्षेत्रमा भएका सहयोगहरूको यथेष्ठ उपलब्धि हासिल भएको औँल्याउनुभएको छ। राष्ट्रपतिसँगै मिलेर आपसी सम्बन्धलाई अघि बढाउँदै दुई देश र जनताको लागि थप हित-कल्याण सिर्जना गर्ने इच्छा पनि सीले व्यक्त गर्नुभएको छ।