#समाचार सन्दर्भ#डिजिटल कृषिद्वारा ग्रामीण क्षेत्रको पुनरुत्थान प्रवर्द्धन
2020-12-20 18:48:29CRI
Share with:

#समाचार सन्दर्भ#डिजिटल कृषिद्वारा ग्रामीण क्षेत्रको पुनरुत्थान प्रवर्द्धन

चीनले नीति तर्जुमा गरी ग्रामीण क्षेत्रको डिजिटल कृषि निर्माणलाई अगाडि बढाएको, सूचनाकरणमार्फत कृषिको आधुनिकीकरणलाई अगाडि बढाएको र डिजिटल परम्परागत कृषिलाई शक्ति उपलब्ध गराएको छ। डिजिटल कृषि तीब्र रुपमा विकास हुने चरणमा प्रवेश भएको छ। हाल डिजिटल कृषिलाई मुख्य विषयवस्तु राखिएका सम्बन्धित सम्मेलन र मञ्च एकपछि अर्को गरी आयोजना भएका छन्। विश्व डिजिटल कृषि सम्मेलन२०२० डिसेम्बर १२ तारिख क्वाङ चौ शहरमा आयोजना भएको छ। धेरै जना विद्वान, औद्योगिकव्यवसायी लगायतका अतिथिहरूले डिजिटल कृषि निर्माणको नयाँ स्थितिबारे छलफल गर्दै कृषिको आधुनिकीकरण प्रक्रियामा नयाँ विकास र कृषिको उच्च गुणस्तरीय विकासको नयाँ बाटोबारे वैचारिक आदान-प्रदान गरेका छन्। यही डिसेम्बर १८ तारिख पहिलो डिजिटल कृषि मञ्च २०२० युन नान प्रान्तीय खुन मिङ शहरमा आयोजना भएको छ। तीस जना शिक्षावाद् र विशेषज्ञले अलिबाबा डिजिटल टोलीसँग भावी डिजिटल कृषिको धारणा र उपायबारे संयुक्त रुपमा अन्वेषण गरेका छन्। यसबाट राजनीति, उद्योग-व्यवसाय, प्राज्ञिक र अध्ययनलगायतका विभिन्न क्षेत्रले डिजिटल कृषिमा महत्व दिएका छन्।

#समाचार सन्दर्भ#डिजिटल कृषिद्वारा ग्रामीण क्षेत्रको पुनरुत्थान प्रवर्द्धन

हाल डिजिटल उपकरणको प्रयोग गरेपछि किसानको उत्पादन सजिलो बनेको छ। खेतीपाती गर्न, मल लगाउन, किटाणु नियन्त्रण गर्न र फसल भित्र्याउन सबैमा स्मार्ट कृषि औजारद्वारा काम गरिन्छ। किसानले डिजिटल उपकरणमार्फत वातावरणको तथ्याङ्क संकलन गरी बालीनाली हुर्कने अवस्थाबारे थाहा पाउन सक्छन्। मानिसले कृषि उपजको प्याकिंग बक्स क्यौ आर कोड स्क्यान गरेपछि उत्पादनको शृङ्खला देख्न सकिन्छ। डिजिटल कृषि ग्रामीण क्षेत्रको कृषि उत्पादन, ग्रामीण पुनरुत्थानको विभिन्न क्षेत्रमा प्रवेश भएको छ।

#समाचार सन्दर्भ#डिजिटल कृषिद्वारा ग्रामीण क्षेत्रको पुनरुत्थान प्रवर्द्धन

डिजिटल प्रविधिको प्रयोग गरेपछि ग्रामीण क्षेत्रको विशेष कृषि उपज बनेर पर्यावरणीय उत्पादित-वस्तु बनेको छ। किसानले इन्टर्नेटमा प्रत्यक्ष प्रसारण गरी कृषि उपजको बिक्री गरेका र “इन्टर्नेट सेलिब्रेटी” बनेका छन्। हाल चीनको विभिन्न ग्रामीण क्षेत्रले धेरै किसानका इ-व्यापारीको तालिम दिएको छ। किसान कृषि उपजका प्रवक्ता बनेका छन्। यसले गर्दा स्थानीय कृषि उपज धेरै टाढाका क्षेत्रतर्फ पठाइएको छ। किसानले पनि डिजिटल विज्ञान तथा प्रविधिमा निर्भर भएर गरिबीबाट मुक्त भएका र धनी बनेका छन्। खास गरी चालु वर्षको कोरोना भाइरस महमारीको असरमा डिजिटल कृषिको महत्वपूर्ण अर्थ स्पष्ट रुपमा देखिएको छ। महामारीबाट प्रभावित भएका कारण बिक्री बाटोको अभाव भएर धेरै कृषि उपजको बिक्री रोकियो। “इन्टर्नेटमा प्रत्यक्ष प्रसारण गरी सामानको बिक्री” गर्ने नयाँ ढाँचाले कृषि उपजको बिक्रीका लागि एक नयाँ बाटो खोलेको छ।

#समाचार सन्दर्भ#डिजिटल कृषिद्वारा ग्रामीण क्षेत्रको पुनरुत्थान प्रवर्द्धन

सिन्ह्वा समाचार समितिले जनाएअनुसार, चिनियाँ इन्जिनियरिङ एकेडेमीका शिक्षाविद् एवं राष्ट्रिय कृषि सूचना डन्जिनियरिङ प्रविधि अध्ययन केन्द्रका प्रथम वैज्ञानिक चाउ छुन च्याङले तो तो कृषि अनुसन्धानको विज्ञान तथा प्रविधि शिखर मञ्चमा हाल चीनको कृषिको डिजिटल अर्थतन्त्रको परिमाण ५ खर्ब ७७ अर्ब ८० करोड चिनियाँ युआन पुगेको बताउँदै सन् २०२५ सम्म १२ खर्ब ६० अर्ब चिनियाँ युआन पुग्ने अनुमान रहेको बताउनुभयो। भविष्यमा चीनले कृषिको ठूलो मुलुकबाट डिजिटल कृषिको ठूलो मुलुकतर्फ लम्कने विश्वास गरिएको छ।