क्वाङ चौमा भेटेर चीनलाई बुझौं
2020-12-21 11:13:05cri
Share with:

क्वाङ चौमा भेटेर चीनलाई बुझौं

सन् २०२० “चीनलाई बुझौं” विषयक तीन दिने अन्तर्राष्ट्रिय सम्मेलन गत नोभेम्बर २० तारिखबाट क्वाङ चौ शहरमा आयोजना भएको थियो। चीनको विकास रणनीतिबारे जानकारी दिने विश्वको सबैभन्दा प्रभावकारी चौतारोमध्ये एकको रुपमा रहेको यस उच्चस्तरिय सम्मेलनले चीनलाई बुझ्नका लागि विश्वलाई एउटा अवसर प्रदान गरेको छ।

विदेशी साथीहरुका लागि क्वाङ चौ शहर अपरिचित छैन। क्वाङ चौमा अन्तर्राष्ट्रिय मेलाको आयोजना हुने हुनाले धेरै विदेशीहरुले क्वाङ चौ सुनेका छन् अथवा त्यहाँ घुमेका पनि छन्। सन् १९५७ मा क्वाङ चौ अन्तर्राष्ट्रिय मेलाको आयोजना शुरु भएदेखि हरेक वर्ष क्वाङ चौमा दुई पटक अन्तर्राष्ट्रिय मेलाको आयोजना हुँदै आएको छ। जसलाई “चीनको पहिलो मेला” मानिन्छ।

तथापि अन्तर्राष्ट्रिय मेला बाहेक क्वाङ चौका धेरै आकर्षणहरु छन्। त्यसबारे “चीनलाई बुझौं” अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन आएका दुई जना विदेशी अतिथिको धारणा सुनौं।