#अल्पसंख्यक जाति# माटोको भाँडा बनाउने तिब्बती परम्परागत शिल्पको उतराधिकार तथा नयाँ जीवन
2020-12-22 11:19:35cri
Share with:

#अल्पसंख्यक जाति# माटोको भाँडा बनाउने तिब्बती परम्परागत शिल्पको उतराधिकार तथा नयाँ जीवन

तिब्बती माटोको भाँडाको इतिहास लामो छ र यसमा विविधता पनि छ। यसले तिब्बत जातीय संस्कृति तथा कलाको प्रतिनिधित्व पनि गर्दछ। तर हालसम्म तिब्बती माटोको भाँडा बनाउने शिल्पको उतराधिकार गर्ने मान्छे ज्यादै कम छ। तिब्बत स्वायत्त प्रदेशको नाछ्यु शहरीय बिरू जिल्ला बिरू बस्ती निनाङ गाउँमा स्थानीय बासिन्दाले हजारौं वर्षको इतिहास बोकेको तिब्बती माटोको भाँडा बनाइरहेका छन्।

 

“यसले तिब्बत जातीय संस्कृति, जीवन, बुद्धि, मेहनत, साहस र रीतिरिवाज आदि देखाएको छ।” नाछ्यु शहरीय बिरू जिल्ला बिरू बस्ति निनाङ गाउँस्थित छ्युसाङ माटोको भाँडासम्बन्धी रानपु आर्थिक सहकारीका जिम्मेवार ताजुले यसरी जानकारी दिनुभयो। उहाँका अनुसार, माटोको भाँडा जीवनमा धेरै उपयोगी हुनुका साथै यस्ता भाँडाको मूल्य पनि बढी हुन्छ। माटोको भाँडाले विश्व संस्कृति इतिहासमा पनि महत्वपूर्ण भूमिका खेलेको छ।

 

सातौं शताब्दीमा राजकुमारी वनछङले स्रङचन गाम्बोसँगको विवाहपछि नू च्याङ नदीको किनारामा पर्ने निनाङ गाउँमा आई आनन्द लिने गर्थिन् रे। राजकुमारीले स्थानीय सुन्दर दृश्यबाट आकर्षित भएर सो ठाउँलाई निआउनाङको नामाकरण गरेकी थिइन। निआउनाङको अर्थ तिब्बती भाषामा खुशीयाली वनस्पतिको हो। सत्रौं शताब्दीदेखि तिब्बती छाङ तु खारव क्षेत्रमा बस्ने माटोको भाँडा बनाउने परिवारका बाइमा टासीले यही क्षेत्रमा बसाइ सरेर नजिकैका बासिन्दा र गुम्बाका लागि माटोको भाँडा बनाएका थिए।