हिउँदे ओलम्पिक खेलकुदका लागि शत प्रतिशत हरित जलविद्युतको आपूर्ति
2020-12-23 14:39:21cri
Share with:

हिउँदे ओलम्पिक खेलकुदका लागि शत प्रतिशत हरित जलविद्युतको आपूर्ति

सन् २०२२ पैचिङ हिउँदे ओलम्पिक खेलकुद सम्बन्धी १२ वटा पावर ग्रिड परियोजनाहरू हालै चौतर्फी रूपमा सञ्चालनमा आएका छन्। यसले उक्त खेलकुदको अवधिमा खेलाडीको तालिम, परीक्षण खेल, औपचारिक प्रतियोगिता तथा सेवाको प्रत्याभूतिको क्रममा विद्युत मागलाई पूरा गर्नसक्ने छ। ह पै प्रान्तको उत्तर-पश्चिमी भागमा पर्ने चाङ पै क्षेत्रको हरित स्वच्छ ऊर्जास्रोतलाई पैचिङ पावर ग्रिडमा भित्र्याइएसँगै पैचिङ हिउँदे ओलम्पिक खेलकुदका सबै रंगशाला तथा मैदानमा शत प्रतिशत रूपमा हरित जलविद्युतको आपूर्ति भएको छ।