शाही दरबार
2020-12-24 12:51:22cri
Share with:

शाही दरबार

शाही दरबार

चीनको राजधानी पैचिङको केन्द्र भागमा शाही दरबार अवस्थित छ। यो चीनको मिङ र छिङ वंशकालीन दरबार हो । साथै यहाँ धेरै छिङ वंशकालीन टेलिभिजन श्रृंखलाहरू खिचिएका छन्। जस्तैः यान सि कुङ ल्यु, पु पु च्यीङ।

छिङ वंशका राजकुमार हरेक दिन बिहान सबेरै तीन बजे उठेर पुस्तक पढ्ने गर्दथे। बिहान सात बजे खाना खाई फेरि पुस्तक पढ्ने र मध्यान्ह बाह्र बजे खाना खाएपछि दिउँसो घोडा चढ्ने र धनुषवाण हान्ने गर्दथे। अनि चिया र केही फलफुलहरु खाएपछि बेलुका साढे सात बजे सुत्ने गर्दथे। यो छिङ वंशका राजकुमारको एक दिन हो। तपाईँको दैनिकी कस्तो छ?