महामारी अवस्थामा अन्नको प्रत्याभूतिबाट चीनको उचित नीति देखाएको
2020-12-24 12:54:17cri
Share with:

महामारी अवस्थामा अन्नको प्रत्याभूतिबाट चीनको उचित नीति देखाएको

चीनको राष्ट्रिय तथ्याङ्क व्युरोले हाल तथ्याङ्क सार्वजनिक गरेअनुसार सन्२०२० चीनको कूल राष्ट्रिय अन्न उत्पादन मात्रा 6खर्ब 69अर्ब 5करोड किलोग्राम बराबर छ भने सत्र वर्षसम्म बम्पर फसल पाएको देखिन्छ। चीनको अन्नको फेरी फसलबाट महामारीको रोकथाम तथा नियन्त्रण र आर्थिक तथा सामाजिक विकासको महत्वपूर्ण रणनीतिक उपलब्धिको प्रतिबिम्बित भएको छ। जसले विश्व अन्नको सुरक्षाका लागि महत्वपूर्ण योगदान सिर्जना गर्दछ।

यस वर्ष नयाँ कोरोना भाइरस फैलिँदै गएको अवधिमा केही अन्न निर्यात मुलुकले अन्न निर्यात सीमितता कदम लागू गर्नु,अर्थतन्त्र ढिलो बन्नु र खरिद क्षमता घट्नु आदि कारकतत्वले ग्लोबल अन्न सुरक्षाका लागि नकारात्मक प्रभाव पारेको छ। संयुक्त राष्ट्र संघद्वारा सार्वजनिक《संसार अन्न सुरक्षा तथा पोषण अवस्था》भन्ने प्रतिवेदनका अनुसार यस वर्ष विश्वमा महामारीबाट उठाइएको पर्याप्त खाद्यान्न पाउनसक्दैन भन्ने जनसंख्या ८ करोड ३० लाखबाट १३करोड २० लाखसम्म थप्ने सम्भावना छ। महामारीको रोकथाम तथा नियन्त्रण अवधिमा चीनले प्रभावकारी रुपमा महामारीको नकाकारत्मक प्रभावलाई शिथिल पारेको छ। महामारीको नियन्त्रण गर्ने आधारमा चीनले विभिन्न पक्षका स्रोतलाई समन्वय गर्दै अनाज, तेल, मासु,तरकारी आदि जीवित मालसामानको आपूर्तिलाई प्रत्याभूति गरेको छ। कृषि उत्पादनलाई स्थिर प्रवर्द्धन गरेबाट विभिन्न मुलुकलाई अन्न सुरक्षाको व्यवस्थापनका लागि स्माट उपाय सिर्जना गरिएको छ।