#समाचार सन्दर्भ# महामारी फैलिएको अवस्थामा पनि चीनद्वारा विश्वलाई सहयोग
2020-12-25 16:00:47cri
Share with:

#समाचार सन्दर्भ# महामारी फैलिएको अवस्थामा पनि चीनद्वारा विश्वलाई सहयोग_fororder_11

सन् २०२० विश्वका लागि एउटा कठिन वर्ष बनेको छ। यस वर्षमा विश्वभरि कोरोना भाइरस महामारी फैलिएको छ। हाल विश्वका धेरै मुलुकहरुमा महामारीको अवस्था अझै गम्भिर छ। चीनले विभिन्न उपायमार्फत महामारीको अवस्थामाथि नियन्त्रण गरेको छ।

यसका साथै चीनले आगामी फेब्रुअरी महिनामा पर्ने वसन्त चाड अघि नै करीब ५ करोड सर्वसाधारणलाई कोरोना भ्याक्सिन लगाउने योजना बनाएको सम्बन्धित विज्ञहरूले बताएको न्यूयोर्क टाइम्सले २२ तारिख लेखेको छ।

आगामी वर्ष वसन्त चाडको विदामा अधिक सर्वसाधारणलाई खोप दिइनेछ। अप्रिलमा साइनोफार्फ र क्वोसिङ खोप औपचारिक रुपमा बजारमा पठाइनेछ। शाङहाईका खोप विशेषज्ञ थाउ ली नाका अनुसार ५ करोडको आँकडा प्रारम्भिक मूल्यांकनमा आधारित छ।

आर्थिक सहयोग तथा विकास संगठनद्वारा प्रकाशित प्रतिवेदनका अनुसार, कोरोना महामारीको प्रभावमा चालु वर्ष विश्व अर्थतन्त्र ४.२ प्रतिशतले घट्ने छ, जुन चालु वर्षको जुन तथा सेप्टेम्बरमा गरिएको दुई पटकको अनुमानभन्दा सकारात्मक देखिएको छ।

तर यस परिस्थितिमा चीनको भन्सार विभागले ७ तारिखका दिन प्रकाशित तथ्याङ्कअनुसार, चालु वर्षको पहिलो एघार महिना चीनको आयात तथा निर्यात मात्रामा संलग्न रकम दुई सय नब्बे खरब चिनियाँ युआन पुगेको छ। जुन गत वर्षको सोही अवधिको तुलनामा एक दशमलब आठ प्रतिशतले वृद्धि भएको छ। चीनको अर्थव्यवस्था महामारीको अवधिमा पनि निरन्तर रुपमा विकसित हुँदै आएको छ।

भविश्यमा चीनको अर्थतन्त्रको तीव्र विकासले बजारको विश्वासलाई बढाएर विश्व अर्थतन्त्रको पुन:उत्थानलाई अघि बढाउने छ। आगामी दुई वर्षभित्र विश्व अर्थतन्त्रको औसत वृद्धिदर ४ प्रतिशत हुनेछ। चीनले आफ्नो गतिविधिमार्फत विश्वलाई योगदान दिएको छ।