#आँखीझ्याल#द्रुत गतिको रेलसँग हिँड्ने लो चाउ छ्याङको दिनचर्या
2020-12-25 10:04:02cri
Share with:

#आँखीझ्याल#द्रुत गतिको रेलसँग हिँड्ने लो चाउ छ्याङको दिनचर्या_fororder___172.100.100.3_temp_9500049_1_9500049_1_1_0f1fbf57-5b01-432c-a513-79b7b1e4a4b9

४८ वर्षीय लो चाउ छ्याङ एक सामान्य मान्छे हुन्। उनी द्रुत गतिको रेलका प्राविधिक मजदूर हुन्। उनले “नमूना श्रमिक”को उपाधि पाएका छन्। यो चिनियाँ कम्युनिष्ट पार्टी र चीन सरकारले सामान्य मान्छेलाई दिने गरेको सर्वोच्च उपाधिहरूमध्येको एक हो।

लो चाउ छ्याङको घर चीनको उत्तर-पूर्व चिलीन प्रान्तीय छाङ छुन शहरमा पर्दछ। त्यहाँ हिउँद ऋतुमा ज्यादै जाडो हुन्छ। लो चाउ छ्याङ निकै व्यस्त छन्। उनको सुखी परिवार छ। उनकी श्रीमतीले परिवारको जीवनका लागि धेरै सहयोग गरेकी छन्। श्रीमती थाउ फिङले आफ्नो श्रीमान्‌को वर्णन गर्दै भनिन्, श्रीमान छिटो दौड्छन्, छिटो खाना खान्छन् र छिटो कुरा गर्छन्। द्रुत गतिलेको रेलको गति जस्तै छिटो छ श्रीमानको जीवन पनि।

लो चाउ छ्याङका छोरा विदेशमा औद्योगिक डिजाइन विषय पढ्दैछन्। छोरा रहेको मुलुक र चीनसित आठ घण्टाको समय फरक छ। छोरासँग सन्देश पठाएर लो चाउ छ्याङ कुरा गर्छन्। उनलाई यस्तो बेला निकै खुशी लाग्छ। बुबाप्रति गौरब लाग्छ भनेर उनका छोराले आमासँग भनेका छन्।