चिनियाँ दुई अधिवेशन जनतालाई उच्च प्राथमिकता
2020-12-28 19:32:06cri
Share with:

-------------अजय अलौकिक

चीनका दुई वार्षिक अधिवेशन हालै सम्पन्न भएका छन् । दोस्रो आर्थिक शक्ति तथा पछिल्लो समय विश्व परिदृश्यमा समेत प्रभावकारी भूमिका खेल्दै आएको चीनको वार्षिक अधिवेशनमार्फत गरिने नीतिगत समीक्षा, नयाँ नीति लागू तथा नीति परिमार्जन र सामरिक तथा वैदेशिक, कूटनैतिक विषय र आर्थिक क्षेत्रमा हुने बनाइने योजना र लक्ष्यले विश्वभरि स्वभाविक रूपमा प्रत्यक्ष, परोक्ष प्रभाव पनि पार्ने गर्दछ । यसै कारण देशको समग्र विषयसँगै विश्व परिदृश्यलाई समेटेर गत वर्षको समीक्षा र चालु वर्षका लागि योजना तथा लक्ष्य निर्धारण गर्ने र निर्धारित समयमा सम्पन्न गर्दा देखिन सक्ने व्यवधानहरू र देखिएका अवरोधलाई हटाइ अगाडि बढ्न बनाइने कार्ययोजनाका यी दुई चिनियाँ अधिवेशनले विश्वको नै ध्यानाकृष्ट गर्दैआएको पनि छ । यस बाहेक, वर्तमान अवस्थामा चीनले कोरोनाभाइरस (कोभिड–१९) महामारीको रोकथाम तथा नियन्त्रणमा प्राप्त गरेको सफलता र अर्थतन्त्रलाई स्थिर बनाइराख्न चालेका र चाल्ने कदम तथा नीतिप्रति पनि अन्तर्राष्ट्रिय जगतले ध्यान दिने नै भए ।

चिनियाँ दुई अधिवेशन जनतालाई उच्च प्राथमिकता_fororder_src=http___www.xinhuanet.com_photo_titlepic_111945_1119450054_1472084774337_title0h&refer=http___www.xinhuanet

महामारी फैलिएदेखि चीनसँगै विश्व अर्थतन्त्रमा ठूलो दबाव देखिएको छ । तर चीनले महामारीको रोकथाम तथा नियन्त्रणमा रणनीतिक उपलब्धि हासिल गरेपछि बजारको पुनरूत्थानलाई तीव्रता दिएको छ । धेरै वर्षदेखि विश्वको आर्थिक वृदि्धमा ३० प्रतिशतभन्दा बढी योगदान दिँदैआएको चिनियाँ अर्थतन्त्रमा हाल क्रमिक सुधार भएसँगै विश्व अर्थतन्त्रको पुनर्संरचनालाई समेत ऊर्जा थपेको छ । चिनियाँ अर्थतन्त्रको पुनस्थापनाबाट चीनसँगै विश्व अर्थतन्त्रलाई पनि स्थिर बनाउन सहयोग पुग्ने छ । यद्यपि चीनले दुई अधिवेशनमा चालु वर्षका लागि आर्थिक लक्ष्य नै तय गरेन । यस बाहेक, यस पटकका अधिवेशन कोरोनाभाइरस महाव्याधिका कारण केही फरक पनि रह्यो ।

हरेक वर्षको मार्चको (३ र ५ ) पहिलो साताबाट आयोजना हुँदैआइरहेका यी दुई अधिवेशन २० वर्षयता पहिलो पटक दुई महिनापछि मे २१ बाट तेह्रौं चिनियाँ जन राजनीतिक परामर्शदातृ सम्मेलनको तेस्रो अधिवेशन र मे २२ बाट तेह्रौं राष्ट्रिय जन काँग्रेसको तेस्रो अधिवेशनको आयोजना भयो । सन् १९९८ यता यी दुई अधिवेशनको आयोजनाको मिति मात्रै परिवर्तन भएन अधिवेशनको अवधि पनि छोट्याइएको थियो । कोरोनाभाइरस महामारीको प्रतिरोध र नियन्त्रणको पृष्ठभूमिमा दुई अधिवेशन मे २१ बाट शुरू भइ मे २८ मा ८ दिनभित्र सम्पन्न भएका थिए । विगतका वर्षहरूको तुलनामा कम्तीमा ५ दिन कटौती गरिएको थियो । यस बाहेक केन्द्रीय समितिका नेताहरूले विभिन्न प्रतिनिधि मण्डलबीचको समीक्षा बैठकमा सहभागी हुने कार्यक्रम पनि घटाएका थिए । साथै केही बैठक, कार्यक्रम तथा पत्रकार सम्मेलनहरू इन्टरनेट तथा भिडियोमार्फत आयोजना गरिएको थियो ।

मे २५ तारिख आयोजित तेह्रौं चिनियाँ जन राजनीतिक परामर्शदातृ सम्मेलनको तेस्रो अधिवेशनको दोस्रो बैठक भिडियो सम्मेलनबाट गरिएको थियो जुन राजनीतिक परामर्शदातृ सम्मेलनको इतिहासमै पहिलो पटक थियो । यसरी चीनले कोरोनाभाइरस महामारीको प्रतिरोध तथा नियन्त्रणका कदम चालेर दुई अधिवेशन सफलताका साथ सम्पन्न पनि गरिसकेको छ । चीनले महामारीको प्रतिरोधमा गरेको प्रयासको विश्वभरबाट प्रशंसा पाएको थियो नै यी अधिवेशनको सफलताबाट पनि चीनको राष्ट्रिय प्रशासन र व्यवस्थापन प्रणाली खरो उत्रेको देखिन्छ ।

महाव्याधिको पृष्ठभूमिमा भएका यी अधिवेशन छोटो, छरितो त रह्यो तर चीनले यस वर्षका लागि आर्थिक वृदि्ध दर लक्ष्य भने प्रस्तुत गरेन । चीनको संसदमा प्रधानमन्त्रीले आर्थिक वृदि्ध दर प्रस्तुत नगरेको पनि सम्भवत् पहिलो पटक हुनुपर्छ । यसै बीच चीनद्वारा प्रस्तुत सन् २०२० को सरकारी कार्य प्रतिवेदनमा वार्षिक आर्थिक वृदि्धको ठोस लक्ष्य नतोकिनु आर्थिक नियमलाई सम्मान गरेको अर्थविद्को बुझाइ छ । वार्षिक सरकारी कार्य प्रतिवेदन आर्थिक विकास तथा नीति सम्बनि्ध महत्त्वपूर्ण आधार हो । विश्वव्यापी रूपमा कोरोनाभाइरस महामारी फैलिरहेको वर्तमान अवस्थामा विश्व अर्थतन्त्रमा पनि गम्भीर मन्दी छाएको छ । यस्तो पृष्ठभूमिमा आर्थिक वृदि्धको ठोस लक्ष्य प्रस्तुत नगर्नु वास्तविकतासँग मेल खान्छ । यद्यपि चीनले “६ वटा संरक्षण” को रूपमा महत्त्वपूर्ण कार्य प्रस्तुत गरेको छ । त्यसमा बजार, व्यवसायलाई सि्थर पार्नुका साथै रोजगारीको प्रत्याभूति गर्ने, सुधारमार्फत बजारलाई प्रोत्साहन गर्ने, घरेलु माग विस्तार गर्ने, गरिबी निवारण लक्ष्य साकार गर्ने, उच्चस्तरीय वैदेशिक खुलापनलाई अझै बढाउने, जनजीवनको प्रत्याभूति तथा सुधारआदि विषय समेटिएका छन् । यी ६ वटा कार्यहरूको ठोस लक्ष्य र मागले चिनियाँ अर्थतन्त्रको सि्थरताकासाथ विकास हुनसक्ने सम्भावना देखाउँछ ।

चिनियाँ दुई अधिवेशन जनतालाई उच्च प्राथमिकता_fororder_src=http___5b0988e595225.cdn.sohucs.com_images_20180929_69a5e1e51b4a4600821761bf0b7f5c79.jpeg&refer=http___5b0988e595225.cdn.sohucs

राष्ट्रिय जन काँग्रेसको वार्षिक अधिवेशन सम्पन्न भएपछि मे २८ मा बेइजिङमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री ली ख छ्याङले चीनले कूल गार्हस्थ उत्पादन मात्राको ठोस लक्ष्य नतोके तापनि सर्वसाधारणको रोजगारी, आधारभूत जीवनयापनको स्तर र बजारको मुख्य मागलगायत “६ वटा संरक्षण”को लक्ष्य बनाएको बताए । यसबाट चिनियाँहरुले आर्थिक वृदि्धबारे प्रत्यक्ष अनुभव गर्न पाउने समेत बताए । प्रधानमन्त्री लीले कोरोनाभाइरस महामारीबाट विश्व अर्थतन्त्रमा देखिएको क्षति इतिहासमै विरलै पाइने भन्दै त्यस प्रभावबाट चिनियाँ अर्थतन्त्र पनि जोगिने सम्भावना न्यून भएको औंल्याए । तथापि यस प्रभावलाई घटाउन चीनले विविध कदम चाल्दै जाने पनि बताए ।

यस बाहेक यस अधिवेशनमा मुख्यतः मानव स्वास्थ्यलाई विशेष प्राथमिकता दिइएको छ । चिनियाँ राष्ट्रपति सी चिनफिङले दुई अधिवेशन अवधिमा जनकाँग्रेसका प्रतिनिधि र जनराजनीतिक परामर्शदातृ सम्मेलनका सदस्यसँगको बैठकमा आफ्नो सम्बोधनमा ‘जनता केन्द्रीत विकासको विचारधारालाई कायम राख्नुपर्छ’ भन्दै जनतालाई सदा प्राथमिकतामा राखेर काम गर्न सुझाव दिए । यसै गरी महामारी फैलिएलगत्तै राष्ट्रपति सीले जनताको जीवन र स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राख्न जोड दिएका थिए ।

यस वर्षको आरम्भदेखि नै परिदृश्य असामान्य बनेको थियो । नयाँ चीन स्थापनायता कै सबैभन्दा ठूलो महामारीको सामना गर्नु परेको थियो । द्रुत गतिमा भाइरस सङ्क्रमण र फैलावटको परिधि पनि ठूलो र प्रतिरोध तथा नियन्त्रण गर्न पनि कठिन अवस्था सिर्जना भएको थियो । महामारीलाई ध्यानमा राखेर प्रधानमन्त्री लीले तेह्रौं चिनियाँ जन काँग्रेस राष्ट्रिय सम्मेलनको तेस्रो अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै चीनले सार्वजनिक स्वास्थ्य प्रणालीको निर्माणलाई सबल पार्ने, चिनियाँ जनताको स्वास्थ्यलाई प्राथमिकतामा राखेर रोगको प्रतिरोध र नियन्त्रण संयन्त्रलाई सुधार गर्ने, महामारी रिपोर्ट र पूर्वानुमान प्रणालीलाई पूर्णता दिलाउने, खुला र पारदर्शी रुपमा महामारीसम्बन्धी समाचार सार्वजनिक गर्ने साथै भाइरसविरूद्ध खोप, औषधि तथा परीक्षणको प्राविधिक अध्ययनमा लगानी लगाउने र आवश्यक सामग्रीको प्रत्याभूतिलाई सुदृढीकरण गर्ने बताएका थिए । साथै कोभिड-१९ नियन्त्रणकालागि १ ट्रिलियन युआनको सरकारी बण्ड जारी गर्ने योजना पनि अघि सारेका थिए ।

यसै गरी चिनियाँ कम्युनिष्ट पार्टीको अठारौं महाधिवेशनदेखि नै चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव तथा राष्ट्रपति सी चिनफिङले ‘सुन्दर जीवनप्रतिको जनताको अपेक्षा’ लाई नै चिनियाँ कम्युनिष्ट पार्टीको लक्ष्य मान्दैआएका छन् । यस पटकका दुई अधिवेशनमा उनले विभिन्न प्रतिनिधि मण्डलसँगको वार्तामा सर्वसाधारणको जीवनयापन सम्बन्धमा धेरै पटक चर्चा पनि गरे । उनले एक बैठकमा भने ‘पार्टी र जनताकालागि सेवा गर्नकालागि पार्टी र जनताले नै पार्टीका अधिकारीहरुलाई अधिकार दिएको हो । अधिकार जनहितकालागि मात्र हो ।’ उनले सर्वसाधारणको हितलाई पहिलो स्थानमा राख्दै जन केन्द्रीत विकासको प्राथमिकतामा जतिसुकै ठूलो चुनौती तथा दबाव भए तापनि कहिल्यै परिवर्तन गर्न नहुने र जनजीवनको रक्षा नै सर्वोच्च कार्य भएकाले जनस्वास्थ्यको संरक्षणमा भएका खर्चप्रति चिन्ता गर्न नहुने समेत भनेका छन् ।
चिनियाँ दुई अधिवेशन जनतालाई उच्च प्राथमिकता_fororder_u=1992543604,1729350055&fm=26&gp=0

यस बाहेक यस वर्ष चीनको अर्को एउटा ठूलो लक्ष्य पूरा गर्ने वर्ष पनि हो । चीनले धेरै वर्षदेखि विश्वलाई चकित तुल्याउँदै गरिबी निवारणको क्षेत्रमा ठूलो प्रगति गर्दैआएको छ । यस वर्ष २०२० मा चीनले पूर्ण रूपमा गरिबी उन्मूलिकरण गर्नुका साथै सम्पन्न समाजको चौतर्फी निर्माणको लक्ष्यलाई साकार तुल्याउँदै छ । चीनले धेरै वर्षदेखि निरन्तर रूपमा गरिबी निवारणको क्षेत्रमा काम गर्दैआएकोले यस पटकको महाव्याधिको अवस्थामा पनि लक्ष्य अनुरूप गरिबीबाट मुक्त गर्ने भएको छ र राष्ट्र संघले तोकेको सन् २०३० सम्मको समयावधिभन्दा दश वर्षअघि चीनले यो लक्ष्य पूरा गर्दै छ । यस वर्ष बाँकी रहेका ५२ वटा गरिब जिल्ला, २७०७ वटा गरिब गाउँ र गरिब परिचयपत्र बोकेका गरिब जनताहरू पूर्ण रुपमा गरिबीबाट मुक्त हुने छन् । साथै यस वर्ष तेह्रौं पञ्च वर्षीय योजनाको पनि अन्तिम वर्ष हो । यस बाहेक यस पटकको अधिवेशनमा सिभिल कोड (नागरिक संहिता) पनि पारित भएको छ । १ अर्ब ४० करोड चिनियाँ जनताको नागरिक हित-अधिकारसम्बन्धी प्रत्याभूति दिने यो सिभिल कोड सन् २०२१ को जनवरी १ तारिखदेखि लागू हुने छ ।

यस पटकको चिनियाँ दुई अधिवेशन कोरोना भाइरस रोग निवारण तथा नियन्त्रण र आर्थिक विकासका साथै पूर्ण रूपमा आमनागरिकको सर्वोपरी हितमा केन्द्रीत रह्यो । हालको महाव्याधिको सि्थतिमा नेपालले पनि बोलीमा मात्रै सिमित नभइ आमजनताको स्वास्थ्यलाई प्राथमिकतामा राखेर जीवन चर्यामा सहजता दिन मार्ग प्रशस्त गर्नु पर्छ । सुरक्षित तवरमा देशलाई अगाडि बढाउन यथासम्भव कदम चाल्नु अपरिहार्य छ ।