#अल्पसंख्यक जाति# विलो रूखबाट आलि क्षेत्रीय रेच्याउ गाउँमा ल्याइएको नयाँ परिवर्तन
2020-12-29 22:41:58cri
Share with:

#अल्पसंख्यक जाति# विलो रूखबाट आलि क्षेत्रीय रेच्याउ गाउँमा ल्याइएको नयाँ परिवर्तन_fororder___172.100.100.3_temp_9500027_1_9500027_1_1_812a4e35-92fc-4b12-a1e5-a1961c706a46

चीनको तिब्बतको सबैभन्दा पश्चिमी भागमा पर्ने आलि क्षेत्रीय रि थु जिल्लामा धेरै तालहरू छन्। त्यसैले यस जिल्लालाई तालतालैको क्षेत्र पनि भनिन्छ। यहाँका तालहरूमध्ये पान कुङ हु नामक ताल सबैभन्दा प्रसिद्ध छ। सरदर ४५०० मिटरको उचाइमा रहेको पान कुङ हु ताल क्षेत्रमा वायु एकदमै कम छ। तर केही वर्षयता यस्तो क्षेत्रमा जीवनको चमत्कारको प्रतिनिधित्वको रूपमा विलो वनस्पति पत्ता लगाइएको छ।

५६ वर्यीय लोट्रो टेनचुले चालीस वर्षअघि बुवासँग रूख रोपन थाल्नुभएको थियो। त्यस बेला रेच्याउ गाउँमा मात्र तीनवटा रूख थियो। त्यसबाहेक यो क्षेत्रमा कुनै अरू वनस्पति थिएन। त्यसबेला उहाँलाई रूख रोपनको फाइदा र अर्थ थाहा थिएन। विस्तरै विस्तारै गाउँमा रोपिएका रूखको संख्या बढ्दैआएको छ। टेनचुले यसरी भन्नुभयो-

“रूख बढेर हाम्रो गाउँको वातावरण पनि राम्रो बन्दैछ। पहिले हिउँद ऋतुमा हावा चल्दा धेरै बालुवा उड्थ्यो। हाल यस्तो अवस्थामा सुधार हुँदैछ। वायुमा पनि आर्द्रता छ। आनन्द लागेको छ।”