चीनका राष्ट्राध्यक्ष सी र रूसी राष्ट्रपति पुटिनबीच टेलिफोन वार्ता
2020-12-29 18:51:43CRI
Share with:

चीनका राष्ट्राध्यक्ष सी चिन फिङले डिसेम्बर २८ तारिख रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग टेलिफोन वार्ता गर्नुभएको छ।

राष्ट्राध्यक्ष सीले सन् २०२० चीन, रसिया र विश्वका लागि असाधारण वर्ष रहेको बताउनुभयो। उहाँले नयाँ कोरोना भाइरस महामारीले मानव जीवन र सुरक्षाको लागि अभूतपूर्व चुनौती खडा गरेको भन्दै यसले विश्व अर्थतन्त्रमा गम्भीर प्रभाव पारेको र विश्व अशान्तिको दौडमा प्रवेश गरेको बताउनुभयो। उहाँले संकटको समयमा चीन र रूस सम्बन्धको अनौंठो फाइदा र बहुमूल्य समझदारी अझ प्रख्यात भएको औँल्याउनुभयो। दुबै देशले अन्तर्राष्ट्रिय महामारी सहयोगको सक्रियताका साथ नेतृत्व गरेको र बीआरआई तथा यूरोप एशिया आर्थिक संघको संयुक्त निर्माणलाई सहज बनाएको बताउनुभयो।

राष्ट्राध्यक्ष सीले "चीन-रूस छिमेकी मित्रता र सहयोग सन्धि"मा स्थापित पुस्तावादी मित्रताको अवधारणा र नयाँ अन्तर्राष्ट्रिय सम्बन्धको सिद्धान्त अन्तर्राष्ट्रिय सम्बन्धको इतिहासमा एक प्रमुख आविष्कार रहेको कुरामा जोड दिनुभयो। चीनले सक्रियताका साथ नयाँ विकास ढाँचा निर्माण गर्दै सुधारलाई बढावा दिँदै अगाडि बढेको र उच्च आरम्भिक बिन्दुबाट खुल्दै अगाडि बढेको बताउँदै चीन र रुस सहयोगको व्यापक विकास अवसर प्रदान गरेको कुरामा उहाँले जोड दिनुभयो।

रुसी राष्ट्रपति पुटिनले चालु वर्ष नयाँ कोरोना भाइरस महामारीले प्रभावित बनाएको तर रूस र चीन सम्बन्ध स्थिर रूपमा विकास भएको भन्दै दुवै पक्षले महामारीको बिरूद्ध लडाई गर्न एक अर्कालाई सहयोग पुर्‍याएको बताउनुभयो। उहाँले अर्थव्यवस्था, व्यापार, उर्जा, विज्ञान र प्रविधि जस्ता विभिन्न क्षेत्रमा सहयोग अगाडि बढिरहेको उल्लेख गर्नुभयो।