सी चिनफिङद्वारा “तीन कृषि” समस्याको समाधानमा जोड
2020-12-29 20:45:52CRI
Share with:

चिनियाँ कम्युनिष्ट पार्टी सीपीसी केन्द्रीय समितिको कार्य बैठक डिसेम्बर २८ देखि २९ तारिखसम्म पैचिङ्गमा आयोजना भएको छ। सीपीसीका महासचिव, राष्ट्राध्यक्ष एवं केन्द्रीय सैन आयोगका अध्यक्ष सी चिनफिङले उक्त बैठकमा महत्वपूर्ण सम्बोधन गर्दै दोस्रो सय वर्षीय लक्ष्यका लागि प्रयास गरिरहेको बेलामा गरिब निवारण युद्धमा पाइएको उपलब्धिलाई मजबुत बनाउँदै गाउँ क्षेत्रको पुनःरुत्थानलाई चौर्तफी प्रवर्द्धन गर्नु नै पूर्ण पार्टीको एक महत्वपूर्ण कार्यभार रहेको औँल्याउनुभयो। “तीन कृषि” अर्थात् “कृषि व्यवसाय, ग्रामीण क्षेत्र र किसान” समस्यालाई पूर्ण पार्टीको कामको सबैभन्दा महत्वपूर्ण विषयका रुपमा लिनुपर्ने कुरामा उहाँले जोड दिनुभयो। कृषि व्यवसायको उच्च गुणस्तरीय विकास, ग्रामीण क्षेत्रको सुविधाजनक आबास र किसानको धनका लागि पूर्ण पार्टी र पूर्ण सामाजिक शक्तिले प्रयास गर्दै जानुपर्ने उहाँले औँल्याउनुभयो।