वु चनमा परम्परागत र आधुनिक कुराको अनुभव
2020-12-29 22:36:14cri
Share with:

वु चनमा परम्परागत र आधुनिक कुराको अनुभव_fororder_4

विश्व इन्टरनेट सम्मेलन एवं विश्व इन्टरनेटको विकास मञ्च नोभेम्बर २३ देखि २४ तारिखसम्म च च्याङ प्रान्तको वु चनमा आयोजना भएको छ। विश्व इन्टरनेट सम्मेलन वु चनमा स्थायी र नियमित रुपमा आयोजना हुने कारण हजारौं वर्षको इतिहास भएको यो जल घुमेको गाउँ फेरि आकर्षणको केन्द्र बनेको छ। वु चनले गाउँको भावी विकासका लागि एउटा बुद्धिमान नमूना प्रदान गरेको छ।

वु चनको सि श नदीको कूल लम्बाई २ किलोमिटर छ। सो नदीमाथि ७२ वटा ढुंगाका पूल छन्। वु चनका धेरै स्थानीय बासिन्दाहरु यहाँ बसोबास गर्छन् अथवा व्यापार गर्छन्। धेरै पर्यटकहरुले डुंगामा चढेर वु चनको जल दृश्यको अवलोकन गर्छन्।

वु चनसँग १३ सय वर्ष भन्दा लामो इतिहास छ। पहिले यो नदी सानो व्यापार गर्ने ठाउँ थियो। पहिले च्याङ नान क्षेत्रमा बाटो विनाको अवस्थामा नदीबाट आवत-जावत गरिन्थ्यो। मानिसहरुले डुंगा खियाएर यहाँ खुद्रा व्यापार गर्दथे।

वु चनको पूरानो सडकमा घुम्दा दर्जनौं वर्षको इतिहास भएको मूलाबाट बनाइएको रोटी र फूलबाट बनाइएको गुलियो केक खान पाइन्छ, परम्परागत निलो कपडा बनाउने प्रविधि, बाँसबाट हस्तकला बनाउने प्रविधि देख्न पाइन्छ र हरेक पसलमा वीच्याट अथवा अलीपेको क्युआरकोड झुण्ड्याइएको हुन्छ।

वु चनको पुरानो इतिहास भएतापनि त्यो निकै आधुनिक छ। विश्व इन्टरनेट सम्मेलनको स्थायी आयोजक स्थल बन्ने वित्तिकै इन्टरनेटले पानी जस्तै हजारौं वर्षको इतिहास भएको यस गाउँमा बगेको छ। वु चनमा फाइभ जीको संकेत सम्पूर्ण बाहिरी ठाउँमा ढाकिसकेको छ भने महत्वपूर्ण ठाउँहरुको भवनमा पनि ढाकिसकेको छ।

गत शताव्दीको ५० औं दशकमा निर्मित वु चन जन पार्क चालु वर्ष “फाइभ जी जोड बुद्धिमान अन्तर्क्रिया पार्क” बनिसकेको छ। फाइभ जीको गतिशील सञ्जालको वातावरणमा एआईबाट धेरै काम गर्न सकिन्छ। उदाहरणका लागि एआई पथ प्रदर्शकले पर्यटकहरुलाई बाटो देखाउँछ, पार्कमा नृत्य गर्ने महिलाहरुले साउण्ड बक्स ल्याउनुपर्दैन, किनभने नृत्य गर्ने चोकमा भएको पर्दामा प्रशस्त संगीतको संचय गरिएको छ। एक जना महिला भन्छिन्,

पहिले हामीले साउण्ड बक्स ल्याउनुपर्थ्यो। तर अहिले पर्दैन। यही पर्दाले काम गर्छ। र यसले हाम्रो नृत्यको प्रदर्शन पनि गर्छ। हामी हरेक बिहान यहाँ आउँछौं।

जन पार्कमा रातो मण्डप आकारको “बुद्धिमान प्राथमिक उपचार स्टेशन” निकै आकर्षित छ। चौबीस घण्टा चल्ने यो स्टेशनमा कुनै कर्मचारी छैन। तथापि यसमा स्ट्रेचर, व्हिलचेयर, चिकित्सा बरफ झोला लगायत प्राथमिक उपचार सामग्री राखिएको छ। कसरत गर्ने बृद्ध-बृद्धाहरु र हिंड्न समस्या भएका पर्यटकहरुले यहाँ मोबाइलबाट स्क्यान गरी निशुल्क चिकित्सा सेवा प्राप्त गर्न सक्छन्।

तपाईंले आफ्नो शहरबासी कार्ड अथवा आइ डी कार्डमार्फत यहाँ चिकित्सा सेवा प्राप्त गर्नसक्नु हुन्छ। उदाहरणका लागि तपाईंलाई एउटा हेण्डिप्लास्ट चाहिएमा विच्याटबाट स्क्यान गरेपछि यस उपकरणले एउटा हेण्डिप्लास्ट निकाल्न सकिन्छ। तपाईंले निशुल्क रुपमा स्ट्रेचर, व्हिलचेयरको प्रयोग पनि गर्न सक्नुहुन्छ।

वु चनको फाइभ जी संचालन केन्द्रमा वु चनका विभिन्न तथ्याङ्क पाइन्छ। उदाहरणका लागि वायु र जलको गुणस्तर, आउने जाने पर्यटकहरुको संख्या, बाटोमा कहाँ बढी पानी जमेको र कहाँ पानी खसाउने प्वालले काम नगरेमा ठूलो पर्दामा त्यसको सूचना आउँछ। केही होटल र होमस्टेले मानिसको अनुहार स्क्यानिङ गरेर चेक इन गर्छन्।

विश्व इन्टरनेट सम्मेलनको स्थायी आयोजक स्थल बनेपछि वु चनको अरु बढी आकर्षण थपिएको छ। निरन्तर विकास गर्दै वु चन भविश्यमा बुद्धिमान जीवनका लागि एउटा नमूना बन्नेछ।