लु शान् पहाडको कथा-1
2020-12-30 10:30:44cri
Share with:

लु शान् पहाडको कथा-1_fororder_02

चीनको च्याङ सी प्रान्तमा पर्ने लु शान् पहाडको दृश्य धेरै मनोहर छ। यसैले प्राचीनकालदेखि नै त्यस बारेमा धेरै जनश्रुति र कथाहरु प्रचलित रहिआएका छन।

चीनको च्याङ सी प्रान्तको उत्तरी भेगमा पर्ने लु शान् पहाड “भव्य, विलक्षण, गगन्चुम्बी, मनोहर” भएकाले विश्वमा यो पहाड धेरै चर्चित छ। साँस्कृतिक क्षेत्रका अनेकौं गण्यमान्य व्यक्तिहरुले लु शान् पहाड पुगेर साँस्कृतिक-कलात्मक कृतिहरुको रचना गर्नेगरेकाले लु शान पहाडलाई चीनको ग्रामीण वातावरणको बयान सम्बन्धी कविता तथा पहाड, खोला-नालाको बयान सम्बन्धी कविताको जन्मथलो तथा पहाड र खोला-नालाको दृश्य-चित्रका लागि एक उत्तम श्रोत पनि बनाइदिएका छन्। ईस्वी सम्बत आठौं शताब्दीमा थाङ वंशकालका प्रसिद्ध कवि लि पाइले लु शान् पहाडको बयान गर्ने प्रसिद्ध कविता रच्नुभएको थियो। यो कविता प्राचीनकालदेखि अहिलेसम्म ताजै रहेको अनुभूति मानिसहरुले गरेका छन। त्यो कविताको विषय होः “धूपौरामा सूर्यको कीरण परेर, मानौं वैजनी रंगको धुवा उडिरहेको देखिन्छ, टाढाबाट हेर्दा झण्डै डेढ किलोमिटर अग्लो ठाउँबाट झरिरहेको चाँदीजस्तो छहरो देखिन्छ, यसो हेर्दा त्यो आकाशको दूधे नदी नौ लोक पार गरी धर्तीमा खसेको जस्तो भान हुन्छ।“ सुङ वंश [ 960-1127 ] कालका प्रसिद्ध साहित्यकार सु शले धेरै पटक लु शान् पहाडको भ्रमण गरेका थिए र [लि लिन् पहराको बयान] नामक एक दार्शनिक कविता पनि रचेका थिए। कवितामा भनिए अनुसार [तेर्सो भएर हेर्दा पर्वतमाला र चुचुरा, टाढा र नजीक हेर्दा अग्ला र होचाको भिन्नता, लु शान् पहाडमा रहेर पनि त्यसको सक्कली रुप बारे थाहा नभएको भान हुन् ]। यस कविता मार्फत मानिसको जीवन-दर्शनको बयान गरिएको छ। यसबाट लु शान् पहाडको अवलोकन गर्न मानिसहरुको मनोभिलाषा बढाइएको छ।

लु शान् पहाडलाई “ख्वाङ लु”,“ख्वाङ शान्” पनि भनिएको छ। जनश्रुति अनुसार, लगभग ईसा पूर्व चौथो शताब्दीको चाउ वंशकालमा ख्वाङ सु नामका एकजना व्यक्ति थिए। उनले लु शान् पहाडमा बसेर थाउ धर्म शास्त्रको अनुसन्धान गरेका थिए। चौ वंशका सम्राटले यो कुरा थाहा पाएपछि ख्वाङ सुलाई पहाड छोडेर काम गर्नजाने आज्ञा दिंदै मानिसलाई पठाएका थिए। तर ख्वाङ सु भने हरेक पटक सम्राटका दूतलाई भेट्न नदिई पहाडमा लुकेर बसेका थिए। पछि गएर ख्वाङ सु बेपत्ता भए र उनी ऋषिमुनि बने भन्ने जनश्रुति प्रचलित हुनथाल्यो। त्यसैले ख्वाङ सुले देवताको पूजा-अर्चाना गरेको ठाउँलाई“देवपुरी वा देवालय”भनिएको छ। त्यसैले यस पहाडलाई “लु शान्”पहाड अथवा “ख्वाङ शान”,“ख्वाङ लु”भनिएको हो।