राष्ट्राध्यक्ष सी चिन फिङद्वारा नयाँ विकास चरणको सुधारलाई अझै अगाडि बढाउने कुरामा जोड
2020-12-31 10:09:49cri
Share with:

डिसेम्बर ३० तारिख चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव एवं राष्ट्राध्यक्ष सी चिनफिङले चौतर्फी रुपमा सुधारलाई गहन पार्नेसम्बन्धी केन्द्रीय समितिको बैठकको अध्यक्षता गर्नुभएको छ। सी चिनफिङले सुधारको विश्वासलाई सुदृढ पार्ने, नयाँ विकास चरणको सुधारलाई नयाँ प्रगति हासिल गर्न अगाडि बढाउने कुरामा जोड दिनुभएको छ।

उक्त बैठकमा चिनियाँ कम्युनिष्ट पार्टीको १८‌औं केन्द्रीय समितिको तेस्रो पूर्ण बैठक यता चौतर्फी गहन सुधार सम्बन्धी मूल्यांकन प्रतिवेदनबारे लेखाजोखा गरिएको छ। सीले ती वर्षहरूयता सुधारले प्राप्त गरेको श्रृंखलावद्ध प्रगतिले सुधार तथा खुलापनमार्फत चिनियाँ कम्युनिष्ट पार्टी र देशको विभिन्न कार्यलाई ऐतिहासिक उपलब्धि प्राप्त गर्न अगाडि बढाउने र ऐतिहासिक सुधार ल्याउने नयाँ अवस्था खडा गरेको कुरा बताउनुभयो।