८८४८.८६ मिटर नै अन्तिम गन्तव्य होइन, सुरुवात हो
2020-12-31 15:25:09cri
Share with:

८८४८.८६ मिटर नै अन्तिम गन्तव्य होइन, सुरुवात हो_fororder_src=http___inews.gtimg.com_newsapp_match_0_11821852839_0&refer=http___inews.gtimg

डिसेम्बर ८ तारिख चीनका राष्ट्राध्यक्ष सी चिनफिङ र नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीले विश्वसमक्ष सगरमाथाको नयाँ उचाईको संयुक्त घोषणा गर्नुभयो। चीन र नेपालले सगरमाथाको उचाईको संयुक्त घोषणा नै चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले सन्२०१९को अक्टोबरमा गर्नुभएको नेपाल भ्रमणका क्रममा भएका सहमतिको कार्यान्वयनमध्येको एक हो। सगरमाथाको नयाँ उचाई नापिएबाट चीन र नेपालबीचको सहयोग निकै महत्वपूर्ण भूमिका सिर्जना भएको छ।

सगरमाथाको उचाई डाटालाई अझ सही बनाउनका लागि यस मापनले धेरै वैज्ञानिक नवीन प्रविधिको प्रयोग गरेको छ। पै तौ नेभिगेसन प्रणालीमा भर पर्दै उड्डयन गुरुत्व प्रविधिको अनुप्रयोग गरिएको छ। वास्तविक थ्रीडी प्रविधि को प्रयोग गर्दै प्रत्यक्ष रुपमा सगरमाथाको प्राकृतिक स्रोतको परिस्थिति देखाएको छ। साथै यस मापनले हवाई रिमोट सेन्सिंग फोटोग्राफी प्रविधिको प्रयोग गरेको छ। चालकले “उड्डयन भूविज्ञान नम्बर एक”विमान चलाउँदै ९ हजार ८०० मिटरदेखि १० हजार २५० मिटरको उडान उचाईमा सही डाटा पाउन सकेका छन्। चिनियाँ डाटा प्रशोधन विशेषज्ञ र नेपाली विशेषज्ञले धेरै पटक छलफल तथा तर्क गरेपछि उक्त नयाँ उचाईको नतीजा हासिल गरेका छन्।

८८४८.८६ मिटर नै अन्तिम गन्तव्य होइन, सुरुवात हो_fororder_src=http___p0.itc.cn_images03_20200528_d4570715435b43758cd6ed9e82e3553a.jpeg&refer=http___p0.itc

भर्खरै सम्पन्न भएको चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको आर्थिक कार्य बैठकमा महासचिव सी चिन फिङले भावी दिनमा चीनको आर्थिक कामका लागि निर्देशन दिनुभएको छ। उहाँका अनुसार राष्ट्रिय रणनीतिक वैज्ञानिक प्रविधिको शक्तिलाई मजबुत बनाउनु नै भावी वर्षको एक महत्वपूर्ण विषय हो। महान पुनरुत्थान हुन लागेको अवधिमा हरेक जाति आत्मनिर्भर र वैज्ञानिक प्रविधिको नवीनता विकसित हुनुपर्छ। यस वर्ष कोरोना भाइरसजन्य गम्भीर परिस्थितिमा अमेरिकाले चीनमाथि श्रृँखलावद्ध नियन्त्रणका गतिविधि संचालन गरेको छ। जसबाट एक स्पष्ट कुरा थाहा पाउनसकिन्छ भने केवल स्वतन्त्र नवीनताको क्षमतामा सुधार ल्याउन वैज्ञानिक र प्राविधिक नवीनताको विकासको पहलले मात्रै अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा जित्न सकिन्छ।

कम्युनिष्ट पार्टीको अठारौं महाधिवेशनदेखि यता चीनले वैज्ञानिक प्रविधिको क्षेत्रमा विदेशका लागि खुलापनलाई विस्तार गर्दै अन्तर्राष्ट्रिय वैज्ञानिक प्रविधि नवीनताको सहयोगलाई बढाउँदै आएको छ। धेरै मुलुकसँग वैज्ञानिक प्राविधिक सहयोगको सम्बन्ध स्थापना गरेको चीनले सक्रिय रुपमा केही ठूलो अन्तर्राष्ट्रिय विज्ञान योजनामा भाग लिएको छ। एक राष्ट्रको वैज्ञानिक प्रविधि नवीनताको क्षमतालाई मूल्याङ्कन गर्दै यस राष्ट्रले विश्वव्यापी नवीनता स्रोतलाई अपनाउने क्षमतामा धेरै हदसम्म निर्भर गर्दछ। चीनले आफ्नो वैज्ञानिक प्रविधिको नवीनता क्षमतालाई उकास्न लागेको छ भने अन्तर्राष्ट्रिय वैज्ञानिक नवीनता सहयोगलाई प्रवर्द्धन गर्नुपर्छ।

राष्ट्राध्यक्ष सीले जोड दिनुभएअनुसार वैज्ञानिक प्रविधिको विकाससँग विश्वव्यापी दृष्टिकोण हुनुपर्छ। ढोका बन्द हुँदैन भने खुला भएर विश्वव्यापी शक्तिलाई मिलाउनुपर्छ। वर्तमान विश्वका सामु नयाँ कोरोना भाइरस आदि विविध चुनौती देखापरेका छन्। चीनले खुला तथा समावेशी विचारधाराले विभिन्न मुलुकसँग वैज्ञानिक प्रविधिको नवीन सहयोगलाई प्रवर्द्धन गर्दै जाने आशा छ।

८८४८.८६ मिटर नै चीन र नेपालले धेरै चुनौती पार गर्दै वैज्ञानिक प्रविधिको नवीनतामार्फत निश्चित गरेको उचाइ हो। यस डाटाले विश्वसमक्ष देखाउँछ: मानव जातिले वैज्ञानिक प्राविधिक नवीन सहयोगमार्फत विकासको नयाँ उचाईँमा पुग्नसक्छ। चीनले नेपालसँग सगरमाथाको पर्यावरणीय संरक्षण र अनुसन्धान कार्यलाई प्रवर्द्धन गर्दै आपसी साझा मूल्यवान धनको संरक्षण गर्ने आशा रहेको छ। ८८४८.८६मिटर अन्तिम गन्तव्य होइन तर सहयोगको सुरुवात हो।