चीन र रुसका राष्ट्रनायकद्वारा नयाँ वर्षको शुभकामना आदानप्रदान
2020-12-31 18:37:18CRI
Share with:

चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले चीन सरकार र चिनियाँहरुको तर्फबाट रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र रुसी जनतालाई नयाँ वर्षको सदिच्छापूर्ण शुभकामना व्यक्त गर्नुभएको छ। सीका अनुसार सन् २०२० एक असाधारण वर्ष हो। यस वर्षमा चीन र रुसका जनताले हातमा हात मिलाएर संयुक्त चुनौति पार गरेका छन्। यी दुबै पक्षले महाहारीको रोकथाम तथा नियन्त्रणको स्थायी अवस्थामा द्बिपक्षीय आर्थिक तथा व्यापारिक सहयोगलाई स्थिर विकास गर्दै आएका छन्। नयाँ वर्षमा राष्ट्राध्यक्ष सीले राष्ट्रपति पुटिनसँग यी दुबै मुलुकबीचको चौतर्फी रणनीतिक सहयोग तथा विभिन्न क्षेत्रका प्रभावकारी सहयोगलाई मजबुत बनाउने आशा गर्नुभएको छ।

       राष्ट्रपति पुटिनले बधाई सन्देशमा राष्ट्राध्यक्ष सी चिनफिङलाई नयाँ वर्षको हार्दिक शुभकामना व्यक्त गर्दै पूर्ण चिनियाँहरुको सुखमय जीनवको शुभकामना व्यक्त गर्नुभएको छ। उहाँले नयाँ वर्षमा यी दुबै मुलुकले संयुक्त रुपमा आपसी सम्बन्धको नयाँ उपलब्धि पाउने विश्वास गर्नुभएको छ।