नयाँ वर्षको चियापान समारोहमा राष्ट्राध्यक्ष सीले महत्वपूर्ण सम्बोधन
2020-12-31 21:29:45CRI
Share with:

डिसेम्बर ३१ तारिख बिहान चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलनको राष्ट्रिय समितिले बेइजिङमा नयाँ वर्षको चियापान समारोह आयोजना गरेको छ। चिनियाँ कम्युनिष्ट पार्टी र राष्ट्रियस्तरका नेताहरु सी चिन फिङ, ली ख छ्याङ, ली चान शु, वाङ याङ, वाङ हु निन, चाउ ल ची, हान चङ, वाङ छी शान लगायतका नेता र लोकतान्त्रिक पार्टीहरुका केन्द्रीय समितिहरु, अखिल चीन उद्योग वाणिज्य महासंघका प्रमुख तथा गैर राजनीतिक व्यक्तिहरुहरु, केन्द्रीय र राज्य एजेन्सीहरुका सम्बन्धित विभागहरुका प्रमुखहरु, सबै जातीय समूह र सबै क्षेत्रका प्रतिनिधिहरू नयाँ वर्षको शुभकामना आदानप्रदान समारोहमा भएका छन्।

सो अवसरमा चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव, चीनको केन्द्रीय सैन्य आयोगका अध्यक्ष, जन गणतन्त्र चीनका राष्ट्राध्यक्ष सी चिन फिङले महत्वपूर्ण सम्बोधन दिनुभयो। उहाँले सन् २०२० मा जटिल अन्तर्राष्ट्रिय र घरेलु परिस्थितिहरूको सामना गर्दै चीनले कठिनाइहरू पार गरेको र नयाँ कोरोना भाइरस महामारीको रोकथाम र नियन्त्रणमा प्रमुख रणनीतिक परिणामहरू प्राप्त गरेको बताउनुभयो। गम्भीर बाढीलाई चीनले पराजित गरेका गरेको बताउँदै नकारात्मकबाट सकारात्मकमा आर्थिक वृद्धि हासिल गरेको कुरा औँल्याउनुभयो। नयाँ युगमा गरीबी निवारणको लक्ष्य पूरा गर्दै १३औँ पञ्चवर्षीय योजना अवधिमा लक्ष्य र कार्यहरू प्रमुख वैज्ञानिक र प्राविधिक परियोजनाहरू र ठूला निर्माण परियोजनाहरू लगातार उपलब्धिहरु प्राप्त भएको भन्दै चीनले ठूलो कायाकल्प गर्दै नयाँ चरणमा प्रवेश गरेको बताउनुभयो।

सीले सन् २०२१ मा चिनियाँ कम्युनिष्ट पार्टीको स्थापना भएको १०० औँ वार्षिकोत्सव मनाउने र १४औँ पञ्चवर्षीय योजना तर्जुमा तथा कार्यान्वयन गर्ने कुरालाई जोड दिँदै आधुनिक समाजवादी देशको निर्माणमा नयाँ यात्रा सुरु गर्ने बताउनुभयो।