क्युबाली क्रान्ति विजयको ६२औं वार्षिकोत्वसका उपलक्ष्यमा राष्ट्राध्यक्ष सीको बधाई सन्देश
2021-01-01 17:49:43CRI
Share with:

जनवरी १ तारिख चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव,राष्ट्राध्यक्ष सी चिनफिङले क्युबाको क्रान्ति विजयको ६२औं वार्षिकोत्वसका उपलक्ष्यमा क्युबाली कम्युनिष्ट पार्टी केन्द्रीय समितिका प्रथम सचिव राउल कास्ट्रो र राष्ट्राध्यक्ष डियाज क्यानेललाई बधाई सन्देश पठाउनुभएको छ। चिनियाँ राष्ट्राध्यक्ष सीले आफ्नो बधाई सन्देशमा क्युबाली क्रान्ति विजय भएको ६२ वर्षयता क्युबाली जनताले क्रान्तिको उपलब्धिलाई द्दढ राख्दै राष्ट्रको निर्माणमा महान उपलब्धि पाएका छन्।

राष्ट्राध्यक्ष सीले जोड दिनुभएअनुसार चीन र क्युबा असल मित्र हुन्। केही वर्षयता दुबै मुलुकले हातमा हात मिलाएर आपसी प्रभावकारी सहयोगलाई मजबुत बनाउँदै आएका छन्। चीनले क्युबासँगको विकास सम्बन्धलाई जोड दिँदै आपसी मैत्रीपूर्ण सम्बन्धलाई प्रवर्द्धन गर्दै जाने आशा राखेको छ।