पैचिङ हिउँदे ओलम्पिक खेलकुद संयोजन समितिद्वारा शारिरिक रूपमा विकलाङ्ग चिनियाँहरुका लागि बरफ र हिम खेल कार्यक्रमको आयोजना
2021-01-04 14:54:39cri
Share with:

 

पैचिङ हिउँदे ओलम्पिक खेलकुद संयोजन समितिद्वारा शारिरिक रूपमा विकलाङ्ग चिनियाँहरुका लागि बरफ र हिम खेल कार्यक्रमको आयोजना_fororder_2

पैचिङ हिउँदे ओलम्पिक खेलकुद संयोजन समितिद्वारा शारिरिक रूपमा विकलाङ्ग चिनियाँहरुका लागि बरफ र हिम खेल कार्यक्रमको आयोजना_fororder_3

अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको पूर्वासन्ध्यामा पैचिङ हिउँदे ओलम्पिक खेलकुद संयोजन समितिले डिसेम्बर २ तारिख शारिरिक रूपमा विकलाङ्ग भएकाहरुका लागि पाँचौँ चिनियाँ बरफ र हिम खेल कार्यक्रमको आयोजना गरेको छ। पैचिङ हिउँदे ओलम्पिक खेलकुद संयोजन समितिका उपाध्यक्ष एवम चिनियाँ अशक्त व्यक्ति संघका प्रमुख चौ छाङ ख्वै, पैचिङ हिउँदे ओलम्पिक खेलकुद संयोजन समितिका उपाध्यक्ष एवम सचिव हान च रुङ, चिनियाँ अशक्त व्यक्ति संघकी उप-प्रमुख वाङ मैमै, प्योङछेङ हिउँदे प्यारा ओलम्पिक खेलकुदका च्याम्पिएनहरू साथै चिनियाँ व्हिलचेयर आइस हकी टोली सो कार्यक्रममा सहभागी भएका थिए।

सो पाँचौँ चिनियाँ बरफ र हिम खेल कार्यक्रममा हान च रुङ र वाङ मैमैले सहभागी सामूदायिक क्षेत्रका प्रतिनिधि तथा अपाङ्गता भएकाहरुलाई प्यारा ओलम्पिक खेलकुदको मान्यता सम्बन्धी पाठ्यपुस्तक र हिउँदे प्यारा ओलम्पिक खेलकुद सम्बन्धी जानकारी बाँड्नुका साथै सम्बन्धित् पुस्तकहरु प्रदान गर्नुभएको थियो। यसै गरी हिउँदे ओलम्पिक खेलकुदको प्यारा ओलम्पिक खेलकुद विभागका प्रमुख याङ चिन ख्वैले हिउँदे प्यारा ओलम्पिक खेलकुद र अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवधारणा मिल्दोजुल्दो रहेको तथा सम्पूर्ण समाजले अपाङ्गता भएकाहरुलाई ध्यान दिने र समावेशी समाजको स्थापना गर्ने महत्वपूर्ण अन्तर्राष्ट्रिय कार्यक्रम भएको भन्दै चिनियाँ बरफ र हिम खेल कार्यक्रमको आयोजना गरिएको यो पाँचौं पटक भएको पनि व्यक्त गर्नुभयो। उहाँ जानकारी दिँदै भन्नुहुन्छ,

पैचिङ हिउँदे ओलम्पिक खेलकुद र हिउँदे प्यारा ओलम्पिक खेलकुदको निवेदनलाई स्वीकार गरेपछि चिनियाँ अशक्त व्यक्ति संघले सन् २०१६ मा यस बरफ र हिम खेल कार्यक्रमको स्थापना गरेको हो। त्यसको मुख्य उद्देश्य शारिरिक रूपमा विकलाङ्ग भएका चिनियाँहरुमा बरफ र हिम खेलको प्रचार-प्रसार गर्नु हो। चीनको उत्तरी भागमा बरफ र हिम खेल बढी प्रचलित छ र दक्षिणी भागमा त्यति प्रचलित छैन सबैलाई थाहा छ। यस कार्यक्रमको आयोजनापछि प्रत्येक वर्ष बरफ र हिम खेलमा सहभागी विकलाङ्ग व्यक्तिहरुको संख्या बढ्दै आएको छ। वातावरण भएको ठाउँमा, उदाहरणका लागि उत्तरी चीनमा साँचो हिम र बरफ क्षेत्रमा खेल्न पाइन्छ। आवश्यक वातावरण नभएको ठाउँमा कृत्रिम हिम र बरफबाट त्यस्ता खेलको अनुभव गर्न पाइन्छ। त्यसका अतिरिक्त, हिम र बरफ सम्बन्धी तालिम, पठनपाठन र ज्ञान-प्रतियोगिता लगायत अनेकन् कार्यक्रमको आयोजना गर्न सकिन्छ।

याङ चिन ख्वैले हिउँदे प्यारा ओलम्पिक खेलकुदको तयारी कार्य दुई वटा ओलम्पिक खेलकुद “साथमा साथ तयार गरी एउटा पदसँग दुई वटा जिम्मेवारी” रहेको मापन बमोजिम अघि बढ्दै जानकारी दिँदै भन्नुहुन्छ,

हाल रंगशालाका संरचनाहरु सम्बन्धी पुस्तिका र रंगशालाको संचालन सम्बन्धी योजना बनाउने कार्यमा हिउँदे प्यारा ओलम्पिक खेलकुदको माँगबारे पूर्ण रुपमा सोच-विचार गरी हामीले “हिउँदे प्यारा ओलम्पिक खेलकुदको ज्ञान सम्बन्धी वृत्तचित्र”, “हिउँदे प्यारा ओलम्पिक खेलकुदको मूल्य सम्बन्धी पुस्तिका” सार्वजनिक गरी प्यारा ओलम्पिक खेलकुदको प्रचार प्रसार गरेका छौं। यसका साथै हामीले विकलाङ्ग भएकाहरुका लागि सबै प्रकारका अवरोध मुक्त व्यवस्था बनाएर प्रतियोगिताका लागि अन्तर्राष्ट्रिय स्तरको वातावरण सिर्जना गरेका छौं।

यस पटकको कार्यक्रममा पैचिङ शहरको आधारभूत सामूदायिक क्षेत्रका विकलाङ्ग तथा अशक्त व्यक्ति र उनीहरुका परिवारहरु तथा हिउँदे प्यारा ओलम्पिक खेलकुदका च्याम्पिएनहरुसँगै मिलेर टेबल कर्लिङ र हिम खेलको भिआर अनुभव लगायत रमाइलो खेलको महसूस गरेका छन्। चिनियाँ व्हीलचेयर आइस हक्की टोलीका क्याप्टेन वाङ हाई थाउले अरु बढी विकलाङ्ग तथा अशक्त व्यक्तिहरुलाई बाहिर निस्केर खेलकुदमा सक्रियताका साथ भाग लिन आह्वान गर्नुभयो।

एक विकलाङ्ग तथा अशक्त व्यक्तिको रुपमा अरु बढी विकलाङ्ग तथा अशक्त व्यक्तिहरुले बाहिर निस्केर सामाजिक जीवनको विभिन्न क्षेत्रमा काम गर्ने र आफूअनुकूल खेलमा भाग लिनसक्ने आशा मैले राखेको छु।