चीनका राष्ट्राध्यक्ष र अर्जेन्टिनाका राष्ट्रपतिबीचको चिट्ठी आदानप्रदान
2021-01-04 16:29:14CRI
Share with:

चीनका राष्ट्राध्यक्ष सी चिनफिङ र अर्जेन्टिनाका राष्ट्रपति एलबेर्टो फर्नान्डेजले आपसलाई चिट्ठी पठाएर दुई देशको सम्बन्धको अझ विकास र महामारीको प्रतिरोध लगायत क्षेत्रको सहकार्यबारे वैचारिक आदानप्रदान गर्नुभएको छ।

राष्ट्राध्यक्ष सीका अनुसार, चीनले अर्जेन्टिनासँग खोपको अनुसन्धान तथा प्रयोगमा सहकार्यलाई सबल पार्दा अर्जेन्टिनालाई सक्दो समर्थन तथा सहयोग गर्ने इच्छा लिएको छ। चीनले दुई देशको सम्बन्धको विकासमाथि उच्च महत्व दिँदै अर्जेन्टिनासँग प्रयासमा “बेल्ट एण्ड रोड” सहयोग र मानव भाग्य समुदायको निर्माणलाई अगाडि बढाउने इच्छा राखेको छ।

प्रत्युत्तरमा राष्ट्रपति फर्नान्डेजले दुई देशको सम्बन्धको विकास र चीनको महामारीविरूद्धको उपलब्धिमाथि उच्च मूल्यांकन गर्नुका साथै अर्जेन्टिनालाई गरिएको समर्थनप्रति चीनलाई धन्यवाद ज्ञापन गर्नुभयो।