#अल्पसंख्यक जाति# सीमामा तैनाथ सेनाले कसरी चिकित्सा सेवा पाउने-१
2021-01-05 15:56:06cri
Share with:

#अल्पसंख्यक जाति#  सीमामा तैनाथ सेनाले कसरी चिकित्सा सेवा पाउने-१_fororder___172.100.100.3_temp_9500033_1_9500033_1_1_414bd412-1630-4dbf-beff-4d2897c12cd3

सन् २०२० अक्टोबरदेखि चिनियाँ जनजनमुक्ति सेना अस्पतालसम्बद्ध तेस्रो चिकित्सा केन्द्रले तिब्बती नाछ्युमा तैनाथ सेनालाई ५-जी रिमोट अल्ट्रासाउन्ड निदान र उपचार दिनथालेको छ। जसले तिब्बती नाछ्यु क्षेत्रमा कार्यरत् र बस्ने सैनिकको चिकित्सा समस्याको समाधान गरेको छ। हाल स्थानीय सैनिकहरूले दिनभरि २४ घण्टामा रिमोट अल्ट्रासाउन्ड जाँच तथा उपचार पाउनसक्छन्। 

“तिमी पठारभूमिमा कति समय बसेको थियौ?

दश वर्ष।

रक्तचाप ठीक छ कि?

ठीक छ, सामान्य छ।

हुन्छ। श्वास लिनुस्, लामो श्वास लिनुस्।”

यो वाक्य चिनियाँ जनमुक्ति सेना अस्पतालसम्बद्ध तेस्रो चिकित्सा केन्द्रअन्तर्गत अल्ट्रासाउन्ड विभागका प्रमुख ल्यु फाछिनले ५-जी रिमोट रोबोटिक अल्ट्रासाउन्ड प्रविधिद्वारा तिब्बती नाछ्यु क्षेत्रमा तैनाथ सैनिकलाई निदान गरिरहनुभएको छ। रिमोट रोबोटिक अल्ट्रासाउन्ड प्रविधि सुदूर क्षेत्रमा रहेका बिरामीको अल्ट्रासाउन्ड छवि नेटवर्क प्रसारण प्रविधिमार्फत् चिकित्सकलाई पठाएर चिकित्सक र विद्वानहरूले पठाइएको छविबाट निदान तथा विश्लेषण गर्ने टेलिमेडिसिन प्रविधि हो।

कोभिड-१९ महामारी फैलिएको अवसरमा चिकित्सकहरूले ५ जी रिमोट रोबोटिक अल्ट्रासाउन्ड प्रविधिद्वारा कोरोना भाइरस निमोनिया रोगीका लागि फोक्सो अल्ट्रासाउंड जाँच गरेका थिए। जसले विभिन्न क्षेत्रमा राम्रो चिकित्सा श्रोतको प्रयोग गर्न र सम्पर्कबाट चिकित्सकको संक्रमणलाई कम पार्नका लागि सकारात्मक भूमिका खेलेको छ। प्राप्त जानकारीअनुसार, हाल अल्ट्रासोनिक रोबोट प्रविधि अन्तर्राष्ट्रिय जगतमा सबैभन्दा विकसित रिमोट अल्ट्रासाउन्ड निदान र उपचार प्रविधि हो।

सन् २०१९ मार्चमा उक्त प्रविधिबारे थाहा पाएदेखि उक्त प्रविधिद्वारा सुदूर क्षेत्र वा चिकित्सा श्रोत अभाव भएका क्षेत्रका बिरामीका लागि निदान गर्ने विचार गर्नथालेको प्रमुख ल्युले व्यक्त गर्नुभएको छ।

“त्यसबेला हामीले पैचिङबाट शन चन शहरसम्म परिक्षात्मक रूपमा वास्तविक समय रिमोट गरेका थियौं। जसबाट हामीले धेरै समस्याको समाधान गर्नसक्छौं। उदाहरणका लागि दूरी क्षेत्र वा चिकित्सा श्रोत अभावको क्षेत्र। हाम्रा सैनिकहरूको स्वास्थ्यको प्रत्याभूति गर्न हामीले केही काम गर्न खोजेका छौं। त्यसपछि हामीले विस्तारै उक्त उपकरण सान शा शहरमा राखेका छौं। सुरूमा आपतकालीन रोगको समाधान मात्र गरिएको थियो।”

सन् २०१९ अप्रिल अन्तर्राष्ट्रिय जगतमा पहिलो ५ जी रिमोट अल्ट्रासाउन्ड क्लिनिक जनमुक्ति सेना अस्पतालसम्बद्ध हाइनान अस्पतालमा स्थापित भएको हो। जसबाट अस्पतालका विशेषज्ञहरूले ३३०किलोमिटर टाढा भएको तापूमा तैनाथ सैनिकहरूका लागि मुखामुख रूपमा जाँच  गर्नसक्छन्। दक्षिण चिनियाँ सागरमा सैन्य शक्तिको प्रत्यतभूति गर्न यसको महत्वपूर्ण अर्थ रहेको छ।