८८४८.८६ मिटर नै अन्तिम गन्तव्य होइन, सुरुवात हो
2021-01-07 16:00:24cr
Share with:

८८४८.८६ मिटर नै अन्तिम गन्तव्य होइन, सुरुवात हो_fororder_src=http___news.cnr.cn_native_gd_20191014_W020191014679752128392&refer=http___news.cnr

 

डिसेम्बर ८ तारिख चीनका राष्ट्राध्यक्ष सी चिनफिङ र नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीले विश्वसमक्ष सगरमाथाको नयाँ उचाईको संयुक्त घोषणा गर्नुभयो। चीन र नेपालले सगरमाथाको उचाईको संयुक्त घोषणा नै चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले सन्२०१९को अक्टोबरमा गर्नुभएको नेपाल भ्रमणका क्रममा भएका सहमतिको कार्यान्वयनमध्येको एक हो। सगरमाथाको नयाँ उचाई नापिएबाट चीन र नेपालबीचको सहयोग निकै महत्वपूर्ण भूमिका सिर्जना भएको छ।

सगरमाथाको उचाई डाटालाई अझ सही बनाउनका लागि यस मापनले धेरै वैज्ञानिक नवीन प्रविधिको प्रयोग गरेको छ। पै तौ नेभिगेसन प्रणालीमा भर पर्दै उड्डयन गुरुत्व प्रविधिको अनुप्रयोग गरिएको छ। वास्तविक थ्रीडी प्रविधि को प्रयोग गर्दै प्रत्यक्ष रुपमा सगरमाथाको प्राकृतिक स्रोतको परिस्थिति देखाएको छ। साथै यस मापनले हवाई रिमोट सेन्सिंग फोटोग्राफी प्रविधिको प्रयोग गरेको छ। चालकले “उड्डयन भूविज्ञान नम्बर एक”विमान चलाउँदै ९ हजार ८०० मिटरदेखि १० हजार २५० मिटरको उडान उचाईमा सही डाटा पाउन सकेका छन्। चिनियाँ डाटा प्रशोधन विशेषज्ञ र नेपाली विशेषज्ञले धेरै पटक छलफल तथा तर्क गरेपछि उक्त नयाँ उचाईको नतीजा हासिल गरेका छन्।