महामारीको प्रभावमा चिनमि गाउँमा सबैभन्दा प्रभावकारी विज्ञापनकर्ताको स्वागत
2021-01-07 17:41:57CRI
Share with:

महामारीको प्रभावमा चिनमि गाउँमा सबैभन्दा प्रभावकारी विज्ञापनकर्ताको स्वागत_fororder_0107JKP-1

उत्तरी चीनको पल्लो शानसी प्रान्तको पहाडी क्षेत्रमा चिन मि नामक गाउँ पर्दछ। त्यो पहिलेको प्रसिद्ध गरिब गाउँ थियो। चिनमि गाउँ वरिपरि व्यापक वनस्पति र खोलाका कारण रूख च्याउको रोपन गर्न उपयोगी रहेको छ। केही वर्षयता चिनमि गाउँले खाद्य च्याउ, जडीबुटी खेती गर्नुका साथै पर्यटनको विकास गरेर जीवन झन् झन् राम्रो हुँदैआएको छ।

महामारीको प्रभावमा चिनमि गाउँमा सबैभन्दा प्रभावकारी विज्ञापनकर्ताको स्वागत_fororder_0107JKP-2

तर सन् २०२० कोभिड-१९ महामारीले कृषि उत्पादनको परम्परागत बिक्री प्रणालीमाथि गम्भीर प्रभाव पारेको छ। यस अवस्थामा विगत केही वर्षदेखि स्थानीय सरकारले सडक, नेटवर्क, बिजुली, रसद र ई-वाणिज्यको निर्माणले प्रभाव पारेको छ। अनलाइन ई-वाणिज्यमार्फत उत्पादित खाद्य च्याउ चीनभर बेच्ने क्रम जारी छ।

महामारीको प्रभावमा चिनमि गाउँमा सबैभन्दा प्रभावकारी विज्ञापनकर्ताको स्वागत_fororder_0107JKP-3

सन् २०२० अप्रिलमा चीनका राष्ट्राध्यक्ष सी चिनफिङले चिनमी गाउँको निरीक्षणका गर्नुभएको थियो। यो भ्रमणको मुख्य लक्ष्य महामारीमा चिनियाँ किसानहरू कसरी गरिबीबाट मुक्त हुनसक्छन् भन्ने थियो। चिनमी गाउँले ई-वाणिज्यमार्फत् च्याउ बेच्ने गरेको देखेर राष्ट्राध्यक्ष सीले खुसीका साथ प्रशंसा गर्नुभएको थियो। त्यस दिन प्रत्यक्ष प्रसारणमा राष्ट्राध्यक्ष सीको प्रशंसाले २ करोड भन्दा बढीलाई आकर्षित गरेको थियो। पूरै २४ टन खाद्य च्याउ बिक्री भएको छ। राष्ट्राध्यक्ष सीलाई सबैभन्दा प्रभावकारी विज्ञापनकर्ता मानिएको छ।

महामारीको प्रभावमा चिनमि गाउँमा सबैभन्दा प्रभावकारी विज्ञापनकर्ताको स्वागत_fororder_0107JKP-4

चिनमिजस्तै गाउँहरूलाई गरिबीमुक्त गर्नु चीन सरकारको सबैभन्दा महत्वपूर्ण कार्यहरूमध्येको एक हो। सन् २०२० महामारीको प्रभावमा पनि राष्ट्राध्यक्ष सीले ११पटक विभिन्न क्षेत्रको निरीक्षण गर्नुभयो।

महामारीको प्रभावमा चिनमि गाउँमा सबैभन्दा प्रभावकारी विज्ञापनकर्ताको स्वागत_fororder_0107JKP-5

महामारीले चिनियाँ जनतालाई रोक्न सकेन। सन् २०२०को पहिला तीन त्रैमासिकमा चिनियाँ ग्रामीण क्षेत्रमा अनलाइन खुद्रा बिक्री मात्रा १२ खर्ब युआन पुगेको छ, जुन सन् २०१९को सोही अवधिको तुलनामा ७.८ प्रतिशतले वृद्धि भएको छ। गत नोभेम्बर २३ तारिख दक्षिण-पश्चिमी चीनको क्वीचौ प्रान्तले अन्तिम नौ गरिब जिल्ला गरिबीमुक्त भएको घोषणा गरेको छ। जसबाट चीनका सबै ८३२ गरिब जिल्ला निरपेक्ष गरिबीबाट मुक्त भएका छन्। जसरी ८ वर्षको अथक प्रयासमा र महामारीको प्रभाव भए तापनि चीनले निर्धारित योजनाअनुसार नयाँ युगमा गरिबी निवारणको लक्ष्य पूरा गरिसकेको छ। गरिबी निवारणको क्षेत्रमा दश वर्ष अगाडि नै दिगो विकास लक्ष्य पनि साकार तुल्याएको छ।