
नयाँ वर्षको सुरू चिनियाँ वुहान शहरमा सर्वसाधारणले रमाइलो रूपमा मनाइरहेका थिए। वुहानमा घुमघाम गर्दै रमाइलो दृश्य हेरेर अमेरिकी ब्लूमवर्गका सम्वाददातालाई अचम्म लाग्यो।
एकजना वुहान शहरवासीले सम्वाददातालाई भने-“मलाई चिन्ता लाग्दैन। हाल वुहान सबैभन्दा सुरक्षित शहर लाग्यो।”

केही महिनामा चीनले कसरी सफलताका साथ महामारी नियन्त्रण गरेको छ? रूसी केटी आन्नाले अनुसन्धान गरेर यसरी विश्लेषण गर्नुभयो-
“ हुपैलाई सहयोग गर्ने चिकित्सा टोली र स्थानीय चिकित्सक लगायत कुल १ लाख ७० हजार जना छन्। सबै सुरक्षा उपकरणको लागत एक अर्ब युआनभन्दा बढी छ। हरेक गम्भीर बिरामीको उपचार खर्च लाखौं युआन पुग्छ। चीनभरि दश हजारभन्दा बढी बिरामी छन्। त्यसबाहेक लैशनशान अस्पताल, होशनशान अस्पताल, शिविर अस्पताल, विभिन्न क्षेत्रमा लकडाउनका लागि फेब्रुअरी र मार्चमा हरेक दिन महामारी प्रतिरोधी खर्च मध्यम-स्तर युद्ध बराबर छ। मार्चको मध्यान्हसम्म चीनले महामारी प्रतिरोधमा १ खर्ब १६ अर्ब ९० करोड युआन लगानी गरेको छ। यो रकम विश्वमा पहिलो स्थान पर्दछ। महामारी फैलिएको प्रारम्भमा हरेक देशले अर्थतन्त्रको विकासमाथि मात्रै ध्यान दिएका थिए। चीनले पैसाको वेवास्ता गरेर जनताको जीवनमाथि मात्रै ध्यान दिएको छ। ”

आन्नाले विदेशीको दृष्टिकोणबाट “जनता प्रथम र जीवन प्रथम” भन्ने चिनियाँ धारणा व्यक्त गर्नुभएको छ। गत मार्च १० तारिख चीनका राष्ट्राध्यक्ष सी चिनफिङले वुहानमा महामारी सबैभन्दा गम्भीर भएको बसोबास क्षेत्र गएर निरीक्षण गर्नुभयो। “महामारी फैलिए तापनि जनजीवनको प्रत्याभूति र सुधारमा अझ बढी ध्यान दिनुपर्छ। वुहानवासीलाई माछा खान मनपर्छ। त्यसैले कुनै उपाय लगाएर भएपनि त्यसको आपूर्ति पूरा गर्नुहोस्” राष्ट्राध्यक्ष सीले स्थानीय अधिकारीलाई निर्देशन दिनुभयो। केही दिनपछि विभिन्न क्षेत्रबाट धेरै ताजा माछा वुहानवासीको भोजन टेबलमा पठाइएको थियो।

महामारीको अवधिमा वुहानमा बस्ने फ्रान्सेली चिकित्सक फिलिप क्लाइनले वुहान शहरले महामारी विरूद्ध लड्ने पूरै क्रम अनुभव गर्नुभएको छ। उहाँका अनुसार, महामारीको नियन्त्रण गर्न र जित्न चीन सरकारले आश्चर्यजनक प्रयास गरेको छ। चिनियाँ जनताले त्यसका लागि ठूलो योगदान दिएका छन्।

अमेरिकी कुह्न कोषका अध्यक्ष रोबर्ट लरेन्स कुह्नको विचारमा, चिनियाँ सरकारले देखाएको परिचालन क्षमता विश्वव्यापी स्वास्थ्य ईतिहासमा पूर्वनिर्धारित छैन र अरु देशले उस्तै कार्य गर्न गाह्रो छ। चीनले समयमै महामारीको रोकथाम गर्ने मुख्य कारण चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्व हो।