अफ्रिकी फुटबल प्रशिक्षकद्वारा चिनियाँ किशोर-किशोरी फुटबल खेलाडीको मेहनती भावनाको अनुभव
2021-01-11 16:48:33cri
Share with:

अफ्रिकी फुटबल प्रशिक्षकद्वारा चिनियाँ किशोर-किशोरी फुटबल खेलाडीको मेहनती भावनाको अनुभव_fororder_1

विगत पाँच वर्षको अवधिमा चीनको आर्थिक तथा सामाजिक विकासमा सर्वतोमुखी र फड्को मार्ने गरी उपलब्धी हासिल भएको छ। जसले चीनमा बसोबास गर्ने र काम गर्ने विदेशीहरुलाई अरु बढी अवसर ल्याएको छ। आजको इन्द्रेणी कार्यक्रममा “नब्बेको दशकमा” जन्मेका एक जना अफ्रिकी फुटबल प्रशिक्षक स्याउ लुङ र चिनियाँ किशोर-किशोरी फुटबल खेलाडीहरु बीचको कथा तपाईंहरुलाई सुनाउँदैछु।

सन् १९९०मा प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा जन्मेका स्याउ लुङ चालू वर्ष ३० वर्षका भए। प्रजातान्त्रिक गणतन्त्र कङ्गोको राष्ट्रिय युवा फुटबल टोलीका खेलाडी रहेका स्याउ लुङ चीनमा पेशागत फुटबल क्लबका खेलाडी बन्न आठ वर्षअघि चीन आएका थिए। तथापि यो निकै गाह्रो थियो।

१६ वर्षको उमेरमा म प्रजातान्त्रिक गणतन्त्र कङ्गोको राष्ट्रिय युवा फुटबल टोलीका खेलाडी बनेको थिएँ। तथापि त्यहाँको तलब कम थियो। त्यस बेला चीनमा बस्ने मेरा एक जना साथीले चीन आउन मलाई सुझाए दिए। र त्यसपछि मैले छुङ छिङ लि फान फुटबल क्लबमा परीक्षणको रुपमा तालिम लिएँ। तथापि यस क्लबका प्रशिक्षकले यस क्लबलाई चिनियाँ प्रतियोगितामा सहभागी भएका विदेशी खेलाडी मात्र चाहिने कुरा मलाई बताएका थिए। मैले चीन बस्ने आफ्नो सोच त्यागेको थिइन र चीनमै बसोबास गर्न थालेँ।