#अल्पसंख्यक जाति# सीमामा तैनाथ सेनाले कसरी चिकित्सा सेवा पाउने-2
2021-01-12 15:41:34cri
Share with:

#अल्पसंख्यक जाति#  सीमामा तैनाथ सेनाले कसरी चिकित्सा सेवा पाउने-2_fororder_tu2

सन् २०१९ अप्रिल अन्तर्राष्ट्रिय जगतमा पहिलो ५ जी रिमोट अल्ट्रासाउन्ड क्लिनिक जनमुक्ति सेना अस्पतालसम्बद्ध हाइनान अस्पतालमा स्थापित भएको हो। त्यसपछि चिनियाँ जनमुक्ति सेना अस्पतालसम्बद्ध तेस्रो चिकित्सा केन्द्रअन्तर्गत अल्ट्रासाउन्डले तिब्बती नाछ्यु क्षेत्रमा निरीक्षण तथा अनुसन्धान गरेर सन् २०२० अक्टोबरदेखि तिब्बती नाछ्युमा तैनाथ सेनालाई ५-जी रिमोट अल्ट्रासाउन्ड निदान र उपचार दिनथालेको छ। जसले तिब्बती नाछ्यु क्षेत्रमा कार्यरत् र बस्ने सैनिकको चिकित्सा समस्याको समाधान गरेको छ। हाल स्थानीय सैनिकहरूले दिनभरि २४ घण्टामा रिमोट अल्ट्रासाउन्ड जाँच तथा उपचार पाउनसक्छन्। आजको कार्यक्रममा म यस विषयबारे जानकारी दिनचाहन्छु।

अल्ट्रासाउन्ड विभागका प्रमुख ल्यु फाछिनले दिनुभएको जानकारीअनुसार, ना छ्यु क्षेत्रको उचाइ  ४ हजार ६ सय मिटर छ। त्यहाँ तैनाथ सैनिकको स्वास्थ्य भौगोलिक वातावरण र गम्भीर मौसमबाट प्रभावित भएको छ। तर स्थानीय चिकित्सा अवस्था कमजोर छ। विशेष गरी अल्ट्रासाउन्डसम्बन्धी चिकित्सक र श्रोत अभाव रहेको छ।

“तिनीहरूकोमा चिकित्सा उपकरणको अभाव छ। अल्ट्रासाउन्डसम्बन्धी चिकित्सक छैनन्। यस्तो अवस्थामा हामीले उक्त रिमोट प्रसारण प्रविधिमार्फत् हाम्रो अस्पतालको उत्कृष्ट चिकित्सा श्रोत प्रत्यक्ष रूपमा सैनिकलाई पठाएर उनीहरूको स्वास्थ्यको सुरक्षा गर्न सक्छौं। हाम्रो अल्ट्रासाउन्डले टाउकोबाट खुट्टासम्म जाँच गर्नसक्छ। विशेष गरी सीमा क्षेत्रमा सैनिकहरूको बसोबास अवस्था गम्भीर हुनुका साथै पठारभूमिमा पल्मोनरी इडेमा समस्या बढेका हुनाले हृदयको रोग र समस्या बढी रहेको छ। त्यसबाहेक अभ्यासका क्रममा घाइते र खेलमा मांसपेशी र जोर्नी घाइते आदि हामीले अल्ट्रासाउन्डद्वारा जाँच गरेर उचित निदान तथा उपचार गर्नसक्छौं।”

तिब्बती नाछ्यु क्षेत्रमा तैनाथ सेनाअन्तर्गत चिकित्सा विभागका प्रमुख च्याछान रनछिङले ५ जी रिमोट रोबोटिक अल्ट्रासाउन्ड प्रविधिको प्रयोग गरिएदेखि स्थानीय सैनिकको चिकित्सा समस्याको समाधान गरेको कुरा प्रकट गर्नुभएको छ।

“ना छ्युको वातावरण गम्भीर भएका हुनाले सैनिकको रोग दर अरू क्षेत्रभन्दा बढी रहेको छ। त्यसैले हामी अझ बढी चिकित्सा श्रोत आवश्यक देख्छौं। तर यहाँ हाल तीनवटा सार्वजनिक अस्पताल मात्र छन्। साथै सार्वजनिक अस्पतालको प्रबन्ध वा चिकित्सक तालिमलगायत विभिन्न क्षेत्र त्यति राम्रो होइन। विशेष गरी अल्ट्रासाउन्ड। त्यसैले यो कार्यक्रम सुरू भएदेखि ५३जना रोगीको चिकित्सा गरिएको छ। यी ५३ रोगीबाट हेर्दा हामीले केही रोगको छिटै निदान गर्नसक्छौं। हामीले घरमै  बसेर हजारौं किमी टाढा भएको पैचिङबाट विशेषज्ञको उपचार लिनसक्छौं। जसले हामीलाई ज्यादै राम्रो चिकित्सा अनुभव दिएको छ।”

चिनियाँ जनमुक्ति सेना अस्पतालसम्बद्ध तेस्रो चिकित्सा केन्द्रअन्तर्गत अल्ट्रासाउन्ड विभागका प्रमुख ल्यु फाछिनबाट प्राप्त जानकारीअनुसार, हाल  उक्त केन्द्रले २४ घण्टामा ना छ्यु क्षेत्रका सैनिक तथा सर्वसाधारणलाई रिमोट अल्ट्रासाउन्ड जाँच गरेको छ। भविष्यमा अन्तर्राष्ट्रिय सहकार्यलाई सबल पारेर अफ्रिकी महिला तथा बच्चाको स्वास्थ्यमा सक्रिय भूमिका खेल्नेछ।

“भविष्यमा सुदूर र चिकित्सा श्रोत अभाव क्षेत्रमा उक्त प्रविधिको प्रयोग गर्नेछौं। हाल निङ स्या ह्वी जातिय स्वायत्त प्रदेशको फङ याङ क्षेत्रको योजना बनाइरहेका छौं। त्यसबाहेक हामीले एउटा अन्तर्राष्ट्रिय कार्यक्रमको योजना बनाइरहेका छौं। अफ्रिकामा नवजात शिशु मृत्यु दर बढी छ। हामीले बालबालिकाको निमोनियाबाट अफ्रिकी महिला तथा बच्चाको स्वास्थ्य समस्याको समाधान गर्नेछौं।”