आधुनिक समाजवादी मुलुकको चौतर्फी निर्माणका लागि एक राम्रो सुरुवातको सिर्जना-राष्ट्राध्यक्ष सी
2021-01-12 14:43:04cri
Share with:

विकासको नयाँ चरणमा नयाँ विकास विचारधारालाई गहन पार्दै नयाँ विकास प्रारुपको निर्माणलाई तीव्रता दिन राष्ट्राध्यक्ष सी चिनफिङले जोड दिनुभएको छ। साथैचौधौँ पञ्च वर्षियअवधिमा उच्च गुणस्तर विकासको प्रवर्द्धनबाट आधुनिक समाजवादी मुलुकको चौतर्फी निर्माणका लागि एक राम्रो सुरुवात सिर्जना भएको पनि राष्ट्राध्यक्ष सीले बताउनुभएको छ।

सीका अनुसार चीन एक नयाँ विकास चरणमा प्रवेश गरेको छ। नयाँ विकास चरण नै चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्वमा चिनियाँहरु कठिनाइमा उभिएर बलियो तथा धनी बन्ने ऐतिहासिक लक्ष्य हो। भावी तीस वर्ष यस लक्ष्यलाई साकार तुल्याउने नयाँ चरण हो। सम्पूर्ण कम्युनिष्ट पार्टीले यस लक्ष्यका लागि द्दढ प्रयास गर्नुपर्छ।

राष्ट्राध्यक्ष सीले पुनर्पुष्टि गर्नुभएअनुसार जनता नै चिनियाँ कम्युनिष्ट पार्टीको सबैभन्दा बलियो आधार हो। जनतालाई आधारको रुपमा लिँदै विकास गर्ने सिद्धान्तलाई कायम राख्नुपर्छ।