#आँखीझ्याल# कोइला खनिजबाट सुनौलो आँप
2021-01-15 16:00:18cri
Share with:

#आँखीझ्याल# कोइला खनिजबाट सुनौलो आँप_fororder___172.100.100.3_temp_9500049_1_9500049_1_1_ccfd1b40-30b6-455c-8b8d-4c3ce7a16f1b

चीनको युननान प्रान्तीय ली च्याङ शहरको व्हा फिङ जिल्ला चीनका कोइलाखानी भएका जिल्लाहरूमध्येको एक थियो। हाल व्हा फिङ जिल्ला चीनको पर्यावरण तथा वातावरण मन्त्रालयले सार्वजनिक गरेको चौथो चरणको “स्वच्छ पानी र हरित पहाड सुन र चाँदी पहाड” भन्ने अवधारणा कार्यान्वयन गर्ने आधार क्षेत्रको नामावलीमा सफलताका साथ छनौट भएको छ। पहिले कोइला खनेर उत्पन्न भएको उजाड पहाडमा आँपका बिरुवा रोपिएको छ। “कोइला जिल्लाबाट” परिवर्तन भएर “आँप जिल्ला” बनेको व्हा फिङ जिल्लाले पर्यावरणमा निर्भर भएर समृद्धिको बाटो पूरा गरेको छ।

व्हा फिङ जिल्लाको क्षेत्रफल दुई हजार दुई सय वर्ग किलोमिटर छ। कोइलाको क्षेत्रफल एक हजार पाँच सयदेखि एक हजार आठ सय वर्ग किलोमिटर थियो। व्हा फिङ जिल्लाका आठ वटा बस्तीमा कोइला खनिज छन्। सन् २०१३अघि स्थानीय बित्तीय आम्दानीको ७०प्रतिशत कोइलाबाट आएका थियो। कोइला अर्थतन्त्रको विकास गरेका कारण स्थानीय पर्यावरण र वातावरण भंग गरियो। पानी श्रोतको कमी भयो। वनस्पति भंग गरियो। ली च्याङ शहरको पर्यावरण र वातावरण व्यूरोअन्तर्गत व्हा फिङ शाखाका उप प्रमुख लो चेनले पहिले सेतो लुगा लगाउन नसकिएको सम्झिँदै हावामा कोइला जलेको धुवाँ फैलिएको कुरा बताउनुभयो।